नेपाल आइडल - २ मा प्रमुख दाबेदार मानिएका बिक्रम बराल - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेपाल आइडल – २ मा प्रमुख दाबेदार मानिएका बिक्रम बराल



कैलाली । एपि वान टेलिभिजनबाट प्रसारित नेपाली टेलिभिजन इतिहासमै सर्बाधिक चर्चित रियालिटी सो नेपाल आइडल – २ यतिबेला सबैले हेर्ने सो हो भन्दा फरक नपर्ला । यस सिजनमा यो टाइटलका प्रमुख दाबेदार कास्की पोखराका बिक्रम बराल हुन भन्ने चर्चामा आइरहेका छ्न ।

पोखराबाट अडिसन दिएका उनले अडिसन बाटै गोल्डेन माइक प्राप्त गर्दै सिधै गाला राउन्डमा प्रवेश पाएका बिक्रम आफ्नो प्रस्तुतिका कारण अहिले सर्बाधिक चर्चामा छन् ।
प्रत्येक बिहिबार र शुक्रवार राती ८:३० देखि ९:३० सम्म प्रसारित कार्यक्रममा सामाजिक संजालमा समेत अहिले बिक्रम बरालको स्वरको चौतर्फी चर्चा चुलिएको छ । उनी अडिसन देखिनै निर्णायकहरुको समेत रोजाइमा छ्न ।

को हुन बिक्रम ?

कुनै बेला थियो गायक बिक्रम बराल पोखरा लेकसाईडका विभिन्न रेष्टुरेण्टहरुमा ग्राहकको रोजाई बमोजिमका गीत गाँउदै खुशी पार्ने गर्दथे । भनिन्छ नि ,समय अनुसार मान्छेको कर्म गर्ने शैलीमा पनि परिवर्तन आउछ ।
लेकसाईडको बारहरुमा ग्राहकलाई झुमाएका बिक्रमले अहिले एकाएक नेपाल आईडल जस्तो बिग स्टेजमा गएर दर्शक र आफ्ना प्रशंसकको मन जितिरहेका छन् । खासै धेरै साथीहरुसँग घुलमिल हुन नरुचाउने यि गायकको नेपाल आईडलको अहिले सम्मको प्रस्तुतिलाई दर्शकले मात्र होईन आईडलका निर्णायकहरुले पनि तारिफ गरेको पाईन्छ ।

उनि हरेक गीत दिल देखि गाउछन । आईडलको पहिलो राउण्डमै गोल्डेन माईक प्राप्त गरेका बिक्रम उत्कृष्ट १० मा परिसकेका छन् । नेपाल आईडलको नियम बमोजिम गोल्डेन माईक प्राप्त गर्ने प्रतियोगीले एक्कासी उत्कृष्ट १२ पछिनै अन्य अडिसनको लागि भिड्न पाउने व्यवस्था भए अनुसार उनी अहिले उत्कृष्ट १० मा पुगेका छन ।

पुर्खौली घर चितवन भए पनि विगत २० वर्ष देखि पोखरा बस्दै आईरहेका बिक्रम सानै देखि गीत संगीतमा सौखिन रहेको परिवार स्रोतले बताएको छ । पोखराको भैरवटोलमा बस्दै संगीत सँगसँगै अध्ययनलाई पनि अगाडी बढाएका बरालले एक वर्षसम्म पोखराको त्रिबेणी संगीतालयमा शास्त्रीय संगीतको पनि अध्ययन गरेका छन् ।

मिलनसार स्वाभावका बिक्रमले चल्तीमा आएका सबै गीत गाउन सक्छन । तर उनलाई सुन्न चाँही पुराना र क्लासिकल गीतनै मन पर्छ । अडियोसार्म र साईनाईड ब्याण्डमा रहेर पोखरामा आफ्नो सांगीतिक प्रस्तुती दिदैं आईरहेका बराल नेपाल आईडल सिजन २ को आशा लाग्दा र विजेता बन्ने सम्भावना रहेका प्रतियोगी हुन ।