राष्ट्रपति विद्यादेवी भण्डारी बुटवलमा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

राष्ट्रपति विद्यादेवी भण्डारी बुटवलमा



राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल आउँदैछिन्। बुटवलमा आजबाट सुरु हुन लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधी तथा पर्यटन महोत्सवको राष्ट्रपति भण्डारीबाट उद्घाटन हुने कार्यक्रम छ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका ४ सय ५० स्टल रहने छन्।

यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकलन गर्ने र २५ करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ। विगतका प्रदर्शनीभन्दा यस पटकको प्रदर्शनी फरक रहने प्रदर्शनि मुल आयोजक समितिका संयोजक माधव पौडेलले बताए।

बुटवलमा प्रत्येक वर्ष पुस महिनामा मेला महोत्सव हुँदै आएको छ। रुपन्देही उद्योग संघको आयोजनामा आजबाट सुरु हुन लागेको प्रदर्शनि पुस १९ गतेसम्म चल्ने छ।