विद्यालय कर्मचारी परिषद्को पाँचौ महाधिवेशन काठमाडौंमा सुरु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विद्यालय कर्मचारी परिषद्को पाँचौ महाधिवेशन काठमाडौंमा सुरु



गोविन्द बीसी / कैलाली ।

नेपाल विद्यालय कर्मचारी परिषदको पाँचौ महाधिवेशन काठमाडौंमा सुरु भएको छ । बुधबार काठमाडौंको थापाथली स्थित अन्नपूर्ण चुल्होको सभाहलमा पाँचौ महाधिवेशन सुरु भएको हो । जेठ ३० र ३१ गते गरि दुई दिनसम्म चल्ने महाधिवेशनले नेतृत्व चयन गर्ने कर्मचारी परिषद्ले जनाएको छ ।

महाधिवेशनमा नेपाल विद्यालय कर्मचारी परिषदका ७ वटै प्रदेश संयोजक सहित देशैभरबाट ७७ जिल्लाका जिल्ला अध्यक्ष,केन्द्रीय प्रतिनिधि, पर्यवेक्षक लगायतकाको सहभागिता रहेको परिषदले जनाएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष बहादुर खड्काको सभापतित्वमा भएको महाधिवेशनमा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि थापाले विद्यालय कर्मचारीका मागहरुलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष थापाले विद्यालय कर्मचारीले उठाएका जायज मागलाई राज्यले सम्बोधन गर्न नसकेको बताए । कार्यक्रममा थापाले राज्यले कर्मचारीका माग सुनुवाइ नगरी आलटाल गरे आगामी दिनमा नेपाल शिक्षक महासंघले सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने-” शिक्षक महासंघले विद्यालय कर्मचारीका यथोचित मागलाई आगामी दिनमा १ नम्बर बुदामा जोडदार रूपले उठाउछौं ।”

यस्तै, कार्यक्रममा विद्यालय कर्मचारी परिषद ७ नम्बर प्रदेश अध्यक्ष हरिलाल ओझाले कर्मचारी संगठनलाई तीब्र रूपमा अगाडी लैजानुपर्ने बताए । उनले आगामी दिन देशैभरका विद्यालय कर्मचारी आर्थिक र भौतिक रूपमा एकजुट भएर जानुपर्ने धारणा राखे ।

कार्यक्रममा परिषदका कैलाली जिल्ला अध्यक्ष गणेश प्रसाद जोशीले सरकारले नीतिगत र नैतिक रूपमा कर्मचारीलाई बिभेद गरेकाले अब देशभर आन्दोलनको आधिबेहरी ल्याउन आवश्यक भएको बताए । उनले एउटै थलोमा काम गर्ने शिक्षक र कर्मचारी बीच सरकारले बर्सौ देखि बिभेदकारी नीति ल्याएको बताए ।

कार्यक्रममा प्रदेश र जिल्लाबाट प्रतिनिधित्व हुने गरि अधिकांश बक्ताले मन्तव्य व्यक्त गरेको परिषदले जनाएको छ । महाधिवेशनबाट नेपाल विद्यालय कर्मचारी परिषदका पूर्व अध्यक्ष शिवराम अर्याललाई कार्यक्रममा संमान गरेको छ भने परिषदकै पूर्व केन्द्रीय कोषाध्यक्ष बाबुराजा महर्जनलाई ललितपुर उपमहानगरपालिकाको वडाअध्यक्षमा निर्वाचित भएकोमा संमान गरेको छ ।

विद्यालय कर्मचारी परिषदका केन्द्रीय उपाध्यक्ष सशी केसीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन
महासचिव प्रदीप श्रेष्ठ गरेका थिए ।