बिद्यालयका शिक्षकहरु बिच एक आपसमा कुटाकुट - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बिद्यालयका शिक्षकहरु बिच एक आपसमा कुटाकुट



‘विद्यालयको पढाई प्रभावित’

जीवन बिष्ट / सुुुखड ,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका -४ सिमथरीमा रहेको जनज्योती आधारभुत विद्यालयका शिक्षकहरु विच कुटा कुट हुदा विद्यालयमा पढाई प्रभावित वनेको छ । विद्यालयका प्रधानाध्यापक देबिराज ढुंगाना र विद्यालयमै कार्यरत प्रा.वि तृतिय श्रेणीका शिक्षक भवानी प्रसाद गौतम विच विद्यालय क्षेत्रमै कुटाकुट हुदा विद्यालयमा पढाई प्रभावित वनेको विद्यालय व्यवस्थापन समिती अध्यक्ष राम बहादुर साउदले बताउनु भयो ।

गत आइतवार २७ गते बिहान विद्यालय समयमै विद्यालयको प्राङ्गडमा विद्यालयका प्रअ ढुंगाना र शिक्षक विच विवाद चर्किदै जादा कुटाकुटको स्थीती सृजना भएको उहाले बताउनु भयो । घटना लगत्तै विद्यालय व्यवस्थापन समिती र अभिभावक भेलाले दुई वटै शिक्षक विद्यालयमा आवश्यक नपर्ने भन्दै विद्यालयमा हाजिरी गर्न वाट रोक लगाईको छ ।

विद्यालय व्यवस्थापन समितीले भनेको नमान्ने विद्यालय जस्तो शान्ती क्षेत्रमै एक आपसमा आफै लड्ने शिक्षकहरुको अन्यन्त्र सरुवाको लागी पहल भइरहेको समेत उहाले बताउनु भयो । विद्यालयको प्रअ वन्ने खेल दुइजनाले विगत लोमो समय देखी खेली रहेकै कारण विद्यालय जस्तो शान्ती क्षेत्रमा त त, म म गर्दै दुई जना विच हाना हान भएको बताईएको छ । विद्यार्थिहरुलाई असल वाटो देखाउने शिक्षकले नै विद्यालय जस्तो शान्ती क्षेत्र भित्र आफैमा कुटपिट गर्नु दुःखद भएको उहाले गुनासो गर्नु भयो ।

बिद्यालयमा अहिले निमित्त प्रधानाध्याकको जीम्मा बिद्यालयका सिक्षक राम कुमार चौधरी लाई दिइएको छ ।विद्यालयका प्रधानाध्यापक देबिराज ढुंगाना र विद्यालयमै कार्यरत प्रा.वि तृतिय श्रेणीका शिक्षक भवानी प्रसाद गौतम विच विगत लामोसमय देखी नै मन मुटाव रहेको विद्यालय व्यवस्थापन समिती अध्यक्ष राम बहादुर साउदले बताउनु भयो । विद्यालय क्षेत्र भित्रै कुटाकुड गर्ने प्रअ ढुंगाना र गौतम दुवैले एक अर्कालाई आरोप प्रत्यारोप लगाएका छन् । उनिहरुले एकले अर्काको खन्डन गरेकोको समितिका  अध्यक्ष साउदले बताउनु भयो ।

यता विद्यालयका शिक्षक भवानी प्रसाद गौतमले प्रअ ढुंगाना सँग व्यक्तिगत मनमुटाव केही नभएको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक देबिराज ढुंगानाले आफ्नो सरुवाको लागी विद्यालय व्यवस्थापन समितीका सदस्यलाई झुकाएर हस्ताक्षर गर्न लगाएको उहाले बताउनु भयो ।

विद्यालयका कुनै पनि छलफलमा आफुलाई सहभागि हुन वाट वन्चीत प्र.अ ले गर्ने गरेको आरोप लगाउनु भयो । विद्यालयका हरेक गतिविधी वाट आफुलाई किन वन्चीत गरेको भनेर वुझन खोज्दा प्र.अ देबिराज ढुंगानाले गाली गलौज तथा हातपात गरेको उहाले आरोप लगाउनु भयो ।पहिले आफुलाई ढुंगानाले नै ज्यान मार्ने हेतुले कुटपिट गरेको उहाले बताउनु भयो ।

उता विद्यालयका प्रधानाध्यापक देबिराज ढुंगानाले जेठ २७ गते विहान माधव पदार्थ सेवन गरि आएका विद्यालय व्यवस्थापन समिती सदस्य आसाराम चौधरी लगाएत केही व्यक्तिहरुले विद्यालयको पढाई प्रभावित गरेपछि उक्त समुहलाई सम्झाई बुझाई पठाउदा शिक्षक भवानी प्रसाद गौतम आएर गाली गलौत सँगै आफुमाथी हातपात गरेको आरोप लगाउनु भयो ।

शिक्षक गौतमले गालि गलौज सँगै ज्यान मार्ने धम्की दिएको पनि प्रधानाध्यापक ढुंगानाले बिज्ञप्ति मार्फत जनाउनु भएको छ । भवानी प्रसाद गौतम प्रअ भैसके पछी र अगाडी पनि धेरै कमि कम्जोरी रहेको बताउदै उहाले शिक्षिक गौतमले कक्षा कोठामा नियमित रुपमा नपढाउने, विद्यालय व्यवस्थापन समिती तथा प्र.अ को भनेको समेत नमान्ने गरेको जानकारी दिनु भयो ।

त्यस्तै यता  शिक्षक भवानी प्रसाद गौतमले प्र.अ देबिराज ढुंगानालाई ज्यान मार्ने धक्मी नदिएको बताउनु भएको छ । आफुप्रति लगाइएको आरोप मित्थापुर्णं रहेको बताउदै उहाले आफ्नो जागिर धरापमा पार्ने काम प्रअ ढुंगाना वाट भएको बताउनु भयो । विद्यालय व्यवस्थापन समिती तथा अभिभावकहरुले प्र.अ देबिराज ढुंगाना र शिक्षक भवानी प्रसाद गौतमलाई विद्यालयमा हाजिर गर्न नपाउने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समिती र अभिभावक संघको निर्णयको आफुले स्वगत गरेको शिक्षक भवानी प्रसाद गौतमले बताउनु भयो ।

यस्तै विद्यालयका प्र.अ देबिराज ढुंगानाले विद्यालय व्यवस्थापन समितीको निर्णयमा पनि राजनिती करण भएको बताउनु भयो । विद्यालयको प्रअ आफु भएको बताउदै आफुलाई कुनै जानकरी नै नगरी गरिएको निर्णयप्रति आपत्ति जनाउनु भयो ।