कञ्चनपुरमा विद्यार्थीहरुलाई न्यानो लुगा वितरण  - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कञ्चनपुरमा विद्यार्थीहरुलाई न्यानो लुगा वितरण 



पुनर्वास, कञ्चनपुर । वैदेशिक रोजगारीका शिलशिलामा प्रवासमा रहेका स्थानीय ४ युवाहरुको सहयोगमा कञ्चनपुरकाे पुनर्वासका ३ विद्यालयका २१० जना विद्यार्थीहरुलाई बुधबार स्विटर वितरण गरिएको छ ।

जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ५ भानुबस्तीका हाल प्रवासमा रहेका नारायण पुजारा पोर्चुगल,जितेन्द्र थापा कोरिया,रमेश थापा कोरिया र गोबिन्द क्षेत्री कोरियामा रोजगारीका लागि प्रवासमा बस्दै आएका स्थानीय युवाहरुले पठाएको जनही १५ हजार आर्थिक साहायताबाट विद्यार्थी लाई न्यानो लुगा बितरण गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेका स्थानीय युवाहरुले पठाएको साहायताबाट भानु युवा क्लबले पुनर्वासका मदन अाश्रीत अाधारभुत विद्यालय, चन्द्रबाल अाधारभुत विद्यालय र गाैरी शँकर माध्यमिक विद्यालयलाई २ सय दश थान न्यानाे स्विटर वितरण गरिएकाे क्लबका अध्यक्ष पदम बहादुर पुजाराले बताए ।

जाडाे समयमा साना बालवालिकालाई पढाइ लेखाईमा समस्या हुने हुँदा र चिसाेले बालवालिकाकाे स्वास्थ्यमा निकै प्रभाव पर्ने हुँदा न्यानाे स्विटर वितरण गरिएकाे क्लबका सचिव टेक बहादुर थापाले बताए । बैदेशिक राेजगारीमा परदेश गएका क्लबका सहकर्मिहरुले आर्थिक सहयाेग गरेपछि खेलमात्र खेल्दै र खेलाउँदै आएकाे क्लबले सामाजिक कार्यमा जुटेकाे क्लबले जनाएकाे छ ।