विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री वितरण - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री वितरण



हिमाल पोस्ट / सुखड,कैलाली ।
कैलालीको गौरीगंगा नगरपालिका- १ चनौरामा रहेको केदारेश्वर आधारभुत विद्यालयको २६ औं वार्षिकोत्सबको अवसरमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

शुक्रबार केदारेश्वर आधारभूत विद्यालयका पुर्व विद्यार्थी चन्द्र बमले विद्यालयको वार्षिकोत्सबको अवसरमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेका हुन् ।

कैलाली जिल्ला फुटबल संघका सदस्य तथा मंगल युवा क्लब चौमालाका अध्यक्ष समेत रहेका बमले विद्यालयमा रहेको पुस्तकालयलाई पुस्तक उपलब्ध गराउनुका साथै जेहन्दार तथा अनुशासित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

स्रोतकेन्द्र स्तरीय वक्तित्व कलामा प्रथम ,अनुशासित विद्यार्थी,दलित तथा अनुशासित विद्यार्थी ,चौधरी समुदायका अनुशासित तथा जेहन्दार विद्यार्थी ,विद्यालयमा खेलकुदमा रुचि राख्ने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको पुर्व विद्यार्थी बमले बताएका छन् ।

आफुले पढेको विद्यालयको असाध्यै माया लाग्ने भएकाले र सामाजिक क्षेत्रमा केही गरौँ भन्ने भावनाले आफुले विद्यालयको हरेक वार्षिकोत्सब समारोहमा केही न केही रूपमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने हिमाल पोस्टलाई बताए ।