विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा १६ टोलिको सहभागीता, प्रथम पुरस्कार एक लाख भन्दा बढी - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा १६ टोलिको सहभागीता, प्रथम पुरस्कार एक लाख भन्दा बढी



कैलाली । विजया दशमि तथा शुभ दिपावलि २०७६ काे पावन अवसरमा कैलालीको बर्दगाेरिया गाउपालिकामा अायाेजना हुने अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सहभागी हुने टिमको टुंगो लागेको छ ।

बर्दगाेरिया गाउपालिका -२ बाैनिया स्थित नव बाल बाटिका बिधा मन्दिर काे अायाेजनमा हुने साे प्रतियोगिता कैलाली र कञ्चनपुर का १६ वटा बिधालय हरु सहभागि हुन लागेका हुन । प्रतियोगितामा अायाेजक नव बाल बाटिका बिधा मन्दिर संगै बर्दगाेरिया गाउपालिका भित्र का बसन्त मुरारि माध्यमिक बिधालय बाैनिया र कालिका माध्यमिक बिधालय नाैनिया समेत सहभागिता जनाउँदै छन ।

साेहि प्रतियोगितामा लम्कि चुहा नगरपालिका कैलालिका पानसदिप स्कुल लम्कि,उज्यालो शिक्षा सदन लम्कि,नाता एकेडेमी लम्कि,गुरुकुल ईङ्गलिस स्कुल माेतिपुर, ब्राईट फ्युचर लम्कि,कैलाली नेशनल लम्कि र क्याम्ब्रिज स्कुल बलिया सहभागिता जनाउँदै छन ।

यस्तै प्रतियोगितामा कैलालीको अर्को नगरपालिका टिकापुर अन्तरगत का अार.एम.ई ,युनाइटेड र गणेश बाबा ईङ्गलिस बाेर्डिङ्ग स्कुल सहभागिता जनाउदै छन् । साेहि प्रतियोगितामा धनगढी उपमहानगरपालिका काे लिटिल फ्लावर स्कुल र छिमेकी जिल्ला कञ्चनपुर बाट दुई बिधालय हरु लिटिल बुद्ध एकेडेमी महेन्द्रनगर र उईस्डम एकेडेमी बेलाैरि सहभागी हुने निश्चित भएको अायाेजक बिधालयका संस्थापक प्रिन्सिपल तथा प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिए ।

१ लाख १ हजार प्रथम पुरस्कार रहेकाे प्रतियोगितामा उप विजेताले पुरस्कार स्वरुप नगद ५१ हजारका साथै मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने अायाेजक बिधालयले बताएको छ । यसै गरि प्रतियोगिता मा बिधागत पुरस्कार हरुमा म्यान अफ द सिरिज लाई नगद १० हजार,उत्कृष्ट बलर र व्याटस्म्यान लाई जनही ५ हजार उदयमान खेलाडी र प्रतियोगितामा सबैभन्दा बडि छक्का प्रहार गर्ने खेलाडीलाई समेत जनहि नगद २५ सय प्रदान गरिने बताईएकाे छ । असाेज १६ गते खेल तालिका प्रकासन हुने प्रतियोगिता असाेज २६ बाट कार्तिक ९ गते सम्म चल्नेछ ।