दुर्घटना अपडेट- बिदा मनाउन हिँडेका डा. श्रेष्ठको सपरिवार थिए विमानमा - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

दुर्घटना अपडेट- बिदा मनाउन हिँडेका डा. श्रेष्ठको सपरिवार थिए विमानमा



काठमाडौं- पोखरामा दुर्घटनामा परेको यती एयलाइन्सको विमानमा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन समेत रहेको खुलेको छ । पोखरा घर भएका डा. सुशील श्रेष्ठको परिवार नै दुर्घटनामा परेको बताइएको छ ।

माघी मनाउन पोखरा हिंडेका ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ पत्नी डा. सोना दिवाकर र १० महिने छोरा पनि दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा सवार रहेको खुलेको छ ।

डा. श्रेष्ठले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस र न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए ।