उपसभामुख तुम्बाहाङ्फे पनि विवादमा - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

उपसभामुख तुम्बाहाङ्फे पनि विवादमा



काठमाडौं- उपसभामुख शिवमाया तुम्बाहाङ्फेको दावीअनुसार उनी भावी सामुखको लागि स्वाभाविक उम्मेदवार हुन्।

उनी आवद्ध दल नेकपाले औपचारिक निर्णय गरिसकेको छैन।

उपसभामुख तुम्बाहाङ्फे नै सभामुख होलिन् नहोलिन् भन्ने विषय छलफलकै चरणमा छ।

संसद्को हिउँदे अधिवेशनदेखि उनी उपसभामुख भने नरहने निश्चित छ।

करिब दुई वर्ष समय गुजारेर बाहिरिन लागेकी उपसभामुख तुम्बाहाङ्फेको कार्यकाल भने प्रश्नरहित रहेन। यो खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधिसभा सदस्य विद्या भट्राईलाई मंगलबार शपथ गराइन्, जुन विवादित बनेको छ।

संविधान, प्रतिनिधिसभा ऐन र नियमावलीमा सभामुख या सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रतिनिधिसभा सदस्यलाई शपथ गराउन सक्ने व्यवस्था छ।

तुम्बाहाङ्फेले उपसभामुखको काम, कर्तव्य र अधिकार क्षेत्राधिकार विस्तार लगायत विषयमा बहस सुरु गराएकी छन्।

उपसभामुख भइकलन सभामुखका हैसियतमा काम गर्दा भने उनी आलोचनामुक्त भइनन्।