भुटानी शरणार्थीद्वारा गोर्खाल्याण्ड आन्दोलनकारीको समर्थन गर्दै अष्ट्रेलियामा प्रदर्शन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भुटानी शरणार्थीद्वारा गोर्खाल्याण्ड आन्दोलनकारीको समर्थन गर्दै अष्ट्रेलियामा प्रदर्शन



हिमाल पोस्ट /अष्ट्रेलिया

भारतीय गोर्खाले माग गर्दै आएको गोर्खाल्याण्ड राज्य स्थापनाको समर्थनमा एक्यवद्धता जनाउदै अस्ट्रेलियाको दक्षिणी भागमा रहेका नेपालीभाषी भुटानी शरणार्थीले भारतको पश्चिम बंगालमा भइरहेको गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा एडीलाइड स्थित राज्य संसद् भवनअगाडि प्रदर्शन गरेका छन् ।

भारतको पश्चिम बंगालमा भइरहेको मानव अधिकार हननविरुद्ध आवाज बुलन्द गरिएको प्रदर्शनमा सहभागीले बताएका छन् ।

भारतको दार्जिलिङ, डुवर्स, तराई क्षेत्रमा गोर्खाल्याण्डको माग गर्दै नेपालीभाषीले आन्दोलन गरिरहेका छन् । उनीहरूको समर्थनमा यस्तै प्रदर्शन प्रदर्शन विश्वका ११० सहरमा भएका छन् ।प्रदर्शनमा सहभागीले पश्चिम बंगाल सरकारलाई गोर्खाको मागको सम्बोधन गर्न र शान्तिपूर्ण प्रदर्शनकारीमाथि गैरन्यायिक हत्या बन्द गर्न माग गरेका थिए ।

कार्यक्रममा मृतक आन्दोलनकारीको आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण गरिएको थियो । त्यस अवसरमा भुटानी कलाकारले गोर्खाली गीत र कविता वाचन गरेका थिए ।

कार्यक्रममा भुटानी अधिकारवादी तथा लामो समय जेल जीवन विताएका जगन गजमेरले अधिनायक सरकारले जस्तै भारतका गोर्खालीमाथि बंगाली भाषा लाखिएको बताउँदै गोर्खालीमाथिको दमन अन्त्य हुनु पर्ने बताए ।कार्यक्रममा रामृष्ण निरौला, संजिभ पोखरेललगायतले गोर्खाल्याण्ड आन्दोलनकारीका मागमा ऐक्यवद्धता जनाएका थिए ।