भूमिका गिरीको लोक दोहोरी गीत “गोरखपुरको सलाई ”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

भूमिका गिरीको लोक दोहोरी गीत “गोरखपुरको सलाई ”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/असार  ७ 

दाङमा जन्मेर काठमाडौँलाई केहि बर्ष यता कर्मथलो बनाउँदै अाएकी पछिल्लो समयकी चर्चित गायिका हुन भूमिका गिरी, स्टेज कार्यक्रममा लाईभ दोहोरीको नामले समेत परिचय बनाएकी भूमिकाले हिजो मात्रै “ गोरखपुरको सलाई ” बोलको लोक दोहोरी गीत बजारमा ल्याएकी छिन । लोकप्रिय सर्जक भागिरथ चलाउनेको शव्द तथा लयमा तयार गीतमा गायक चलाउने र भूमिकाले आवाज भरेका छन् ।

चर्चित निर्देशक तथा मोडेल बब्बु थापाकोको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा चर्चित गायक रामजी खाडँ र रश्मि तामाङले नाँच तथा अभिनय प्रस्तुत गरेका छन् भने भिडियोमा दुर्गा पौडेलको छायंकन र प्रबिन भट्टको सम्पादन रहेको छ । गीतको बारे बोल्दै गीत र म्युजिक भिडियोले अघिल्ला गीतहरुले जस्तै श्रोता दर्शकको अत्यधिक माया पाउने गायीका भूमिका बताईन। गीत भूमिका गीरीको प्रस्तुतीमा तिर्सना म्युजिक प्रा.लीले बजारमा ल्याएको हो ।