नेपाल कम्युनिस्ट पार्टिको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न
लाल बहादुर एसके / पुनर्वास ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा अवस्थित पुनर्वास नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टिको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आज सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिकाको आफ्नै सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाको सभापतित्व,पूर्व मन्त्री तथा नेकपाका सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापाको प्रमुख आथित्य थियो । अतिथिको रुपमा राष्ट्रिय सभा सदस्य ईन्दु कडरिया, प्रदेश सभा सदस्य तारालामा तामाङ,केन्द्रीय सदस्य राजेन्द्रसिह रावल, पूर्व माओवादीका कञ्चनपुर अध्यक्ष वीर बहादुर थापा(पाताल), समाजसेवी रामचन्द्र नेपाल, विद्यार्थी नेता कमला बोहरा लगायत स्थानीय नेकपाका कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
हिजो महेन्द्रनगरमा पार्टी समायोजनको सन्दर्भमा छलफल गर्न जिल्ला स्तरीय मिटिङ भएको र सो मिटिङमा नेकपाको प्रदेश अध्यक्ष कर्ण बहादुर थापा आउनुभएको अवसर पारी पुनर्वासका अगुवा कार्यकर्तालाई पनि भेटने कार्यक्रम बनेको पुनर्वासका स्थानिय नेता कञ्चन गिरिले बताउनुभयो ।
कार्यक्रमका अधिकांस नेताले पार्टिलाई बलियो बनाउन आपसी विश्वास र भावनात्मक सम्बन्धलाई दरिलो बनाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रमलाई कञ्चन गिरिले संचालन गर्नुभएको थियो ।