विद्यालयलाई भवन हस्तान्तरण - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

विद्यालयलाई भवन हस्तान्तरण



तेजु ओली / डोटी ।

जिल्लाको आदर्श गाउँपालिका-५ पिड लामीखालमा रहेको सरस्वती आधारभूत विद्यालयलाइ चार वटा भवन हस्तान्तरण गरिएको छ । बर्षौ देखि जिर्ण र विद्यार्थीको चाप भएको उक्त विद्यालयलाइ एक औपचारिक कार्यक्रमका बिच मंगलबार भवन हस्तान्तरण गरीएको हो ।

हस्तान्तरण गरिएको चार वटा भवनमा १३ वटा कोठासहित बालमैत्री शौचालय, शुद्ध खानेपानि ट्याङ्की रहेका छन् । परराष्ट्र मन्त्रालय जापानको सहयोग र वल्ड भिजन इन्टरनेशनल नेपाल तथा सामुदायिक बिकास केन्द्र सिडीसी को प्राबिधिक सहयोगमा निर्माण भएको भुकम्प प्रतिरोधात्मक भवन हस्तान्तरण गरिएको हो ।

समुदाय र विद्यालय विपद पुर्व तयारी तथा उत्पादनसिल परियोजना कार्यक्रम अन्तर्गत ९७ लाख ६८ हजार बराबरको रकममा निर्माण भएको भवन विद्यालयलाइ हस्तान्तरण गरिएको हो । कार्यक्रममा जापानिज दुतावास द्वितीय सचिव योसिकि स्यानडन प्रमुख अथिती रहेका थिए । कार्यक्रममा सुदुर पश्चिमको संस्कृति झल्किने स्थानीय बाजागाजा तथा झाकी नाच सहीत प्रमुख अथितीलाई स्वागत गरीएको थियो ।

सरस्वती आधारभुत विद्यालयमा भएको कार्यक्रममा बोल्दै आर्दश गाउपालीकाका उपाध्यक्ष कमला ओझाले बिद्यालयले भुकम्प प्रतिरोधात्मक भबन पाउनु खुसिको कुरा रहेको बताए । विद्यालय बनाएर मात्र शिक्षामा सुधार नहुने बताउदै उपाध्यक्ष ओझाले अभिभावकले बालबालिकालाइ नियमित विद्यालय पठाउने र घरमा पनि उचित पढ्ने वातावरण मिलाए शिक्षा क्षेत्रमा धेरै नै सुधार आउने बताए ।

कार्यक्रममा अध्यक्षताको आसनबाट बोल्दै बिकास केन्द्र सिडिसीका कार्यसमिति सदस्य टिका फुलाराले विद्यालयले नयाँ भवन पाएसंगै जिर्ण र चुहिने छानाबाट विद्यार्थीले समस्या झेल्नु नपर्ने बताए । वल्ड भिजन ईन्टरनेशनल नेपाल तथा सामुदायिक विकास केन्द्रका प्रतिनिधि ,पत्रकार ,शिक्षक समाजसेवीका बिच विद्यालयलाई साँचो हस्तान्तरण गरिएको थियो ।