पहिलोपल्ट भाषा अनुवादक नराखी काठमाडौंका मेयर र अमेरिकी राजदूतबीच छलफल - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

पहिलोपल्ट भाषा अनुवादक नराखी काठमाडौंका मेयर र अमेरिकी राजदूतबीच छलफल



काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ।

शुक्रबार भएको परिचयात्मक शिष्टाचार भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृह पुगेका थिए। यो भेटमा पहिलोपल्ट भाषा अनुवादक नराखी छलफल भएको थियो । यसअघिक सबै मेयरहरू राजदूतसंगको भेटमा भाषा अनुवादक राख्ने गर्थे ।

भेटका क्रममा प्रमुख शाहले, काठमाडौँ मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए। सहरको जीवन्तता संरक्षण र प्रवर्धनका महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ थियो।

त्यस क्रममा राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको धारणा राखेका थिए।

त्यस क्रममा आपसी सिकाई तथा हित प्रवर्धनका विषयमा कुराकानी भएको थियो। त्यस क्रममा सम्पदा संरक्षण तथा प्रवर्धन, सहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो।

अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध छ।