भरुवा बन्दुकसहित काठ चिरानमा संलग्न दुई जना पक्राउ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

भरुवा बन्दुकसहित काठ चिरानमा संलग्न दुई जना पक्राउ



कैलाली – कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । मोहन्यालमा रहेको राष्ट्रिय वन क्षेत्रको खहरे खोलामा काठ चिरान गरिरहेको अवस्थामा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका हुन् ।

काठ चिरान भईरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको सव डिभिजन वन कार्यालय रामपुर बौनियाँको टोलीले बुधबार बिहान ६ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोहन्याल- ६ बादेगौडाका ४३ बर्षिय नैन बहादुर सिजालीमगर र लम्किचुहा -६ बागमाराका ३६ बर्षिय तुल बहादुर घर्तीमगर रहेका छन । यस्तै काठ चिरानमा संलग्न मान बहादुर घर्तिमगर र मोहन दर्लामी मगर फरार रहेको बताईएको छ । उनीहरुको साथबाट २ थान भरुवा बन्दुक, १४ फिटे ९ थान कडि, २ थान सालको गोलिया, २ थान बन्चरो र ३ थान चिरान आरा समेत बरामद गरेको सव डिभिजन वन कार्यलय रामपुर बौनियाँका प्रमुख कृष्ण बोहराले जानकारी दिए ।

उनीहरुले आफुहरुलाई ८० रुपैयाँ फिटका दरले काठ चिरानको जिम्मा दिएको बताए पनि कस्ले दिएको हो भन्ने बिषयमा भने खुलाएका छैनन् । उनिहरुको बयान लिने काम भईरहेको र वन ऐन अनुसार कारबाही गरिने सव डिभिजन वन कार्यलय रामपुर बौनियाँका प्रमुख बोहराले जानकारी दिए ।