सुन तस्करी प्रकरण- वर्षमान पुनका विश्वासपात्रमाथि सिआइबीले थाल्यो अनुसन्धान - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

सुन तस्करी प्रकरण- वर्षमान पुनका विश्वासपात्रमाथि सिआइबीले थाल्यो अनुसन्धान



काठमाडौं – सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनका विश्वास पात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । बिध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पूर्व मन्त्री पुनका विश्वास पात्र मानिन्छन् । ​

कोरोना कालमा अस्वाभाविक सम्पत्ति आर्जन गरेको देखे पछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्दा समेत खेपिरहेका भण्डारीको हालै भइरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टि हुने आधार देखा परे पछि सीआइबीले उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । ​

नायब सुब्बा मात्रै रहेका भण्डारी माओवादीका पूर्व अर्थमन्त्री पुनसहित पूर्व मन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासन मन्त्री हितराज पाण्डे र समाज कल्याण मन्त्री आशा कोइरालाको सचिवालयमा कार्य गरेका थिए ।

सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेकाे भण्डारीले छाेटाे समयमा नै अस्वाभाविक आम्दानी गरे पछि हाल उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएकाे छ ।

उनकाे सम्पति राेक्का गरी मुद्दा चलाइरहेका बेला हालै भएकाे ६० केजी सुन तस्करी प्रकरणमा अस्वाभाविक संलग्नता देखा परे पछि प्रहरीले हिजाे बेलाएर साेधपुछ गरेकाे हाे । बयान नसकिए पछि साेमवार पनि थप बयान हुने जनाइएकाे छ ।