भकुण्डामा जेठ ८ गते देखि नक्टाबाबा (गंगा दशहरा) धार्मिक मेला शुरू हुने - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

भकुण्डामा जेठ ८ गते देखि नक्टाबाबा (गंगा दशहरा) धार्मिक मेला शुरू हुने



जुद्ध चाैधरी
बेलाैरी, कञ्चनपुर  । बिगतका बर्ष झैँ यसपालि यहि अाउदाे जेठ ८ गते देखि बेलाैरीकाे कालेश्वर महादेव मन्दिरमा नक्टा बाबा गंगा दशहरा मेला शुरू हुने भएकाे छ। मेला ८ गते देखि १२ गते सम्म पाँच दिन सञ्चालन हुने छ।

विषेश पुजा पाठ सहित लाग्ने यस मन्दिरमा लाग्ने मेला हरेक बर्ष जेष्ठ शुक्लका दिन भब्य मेलाकाे अायाेजना गरि सम्पन्न हुने गर्दछ । बेलाैरी नगरपालिका वार्ड नं. ५ भकुण्डाकाे कालेश्वर महादेव मान्दिरमा बिगत २०२८ साल देखि विशेष पूजा पाठ सहित भब्य धार्मिक मेला लाग्ने गरेकाे मन्दिरका पुजारी भजाेरा रानाले बताउनु भयो ।

मेलाकाे लागि ४५० स्टल राखिएकाे र पाँच दिन सम्म चल्ने उक्त मेलामा नेपालका विभिन्न ठाउँका र छिमेकि मुलुक भारतिय गरि करिब ४ देखि ५ लाख दर्शनार्थीकाे सहभागी गंगा दशहरा मेला ब्यवस्थापन समितिका अध्यक्ष कन्हैँया रानाले बताए’ । मेलामा भारतकाे बरेली, कानपुर, लखनऊ लगायतका क्षेत्रबाट र नेपालकाे कञ्चनपुर र कैलाली जिल्लाबाट भक्तजन तथा दर्शनार्थीहरू मेलामा दर्शनका लागी अाउने गरेकाे अध्यक्ष कन्हैया रानाले बताए’। यस मन्दिरमा शिव भगवानकाे मुर्ति परापुर्व कालदेखि अापसेअाप उत्पन्न भएकाे र जेष्ठ शुक्ल नवमिका दिन त्यस मन्दिरमा पुजा अाराधना गर्नाले चिताएकाे पूरा हुने जनविश्वास रहेकाे छ।

मेलामा मनाेरञ्जनका लागि मारूती सर्कश, चर्खा पिङ्ग, मँकी जँग, ड्राईगन ट्रेन, बच्चा पिङ्ग, भूत बङ्ग्ला, अाईटम डान्सहरू पनि राखिने अायाेजकले जनाएकाे छ। धार्मिक मेलामा चाेरी डकैती तथा अापराधिक क्रियाकलाप राेकथामका लागि मन्दिर अासपासका क्षेत्रलाई पूर्ण मदिरा सेवन तथा बिक्रि बितरणमा बन्देज लगाईने भएकाे छ। जसका लागि पूर्ब तर्फ दाेँदा नदी देखि गणेशबस्ती जाेड्ने बाटाे सम्म, पश्चिम तर्फ बँग्रा पट्टि गाउँकाे पहिलाे चाैराहा सम्म, उत्तरमा कँजकाे पुल सम्म र दक्षिण तर्फ माेतिपुर देखि ढक्का जाने बाटाे सम्म मदिरा तथा माछा मासु बेच बिखनमा बन्देज लगाईने ब्यवस्थाकले बताएकाे छ।

कालेश्वर महादेव मन्दिर कञ्चनपुर जिल्लाकै सबभन्दा पुरानाे धार्मिक स्थल रहेकाे कालेश्वर महादेव मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष विश्राम रानाले बताउनु भयाे। मेलामा करिब ३ देखि ४ कराेडकाे काराेबार हुने ब्यबस्थापकले जनाएकाे छ।