भक्तपुर जस्तै तीन जिल्ला भारतले पार्‍याे खर्लप्पै - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

भक्तपुर जस्तै तीन जिल्ला भारतले पार्‍याे खर्लप्पै



काठमाडौं- सुन्दा पनि अचम्म लाग्छ– नेपाल उसै त भारतभन्दा झण्डै २३ गुणा सानो छ।

तर, तही सानो देशको राजधानसँग जोडिएको जिल्ला भक्तपुर जिल्लाजत्रा तीनवटा भूमाग दक्षिणी छिमेकीले खर्लप्पै आफ्नो नियन्त्रणमा राखेको छ।

भारतले नेपालको तीन सय ९५ वर्गकिलोमिटर भूभाग वर्षौंदेखि आफ्नो सेना राखी कब्जा जमाएको खबर आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिकले छापेको छ।

गम्भीर प्रश्न उठेको छ, यसलाई साँच्चै फिर्ता ल्याउने कि हल्लाको विषय मात्र बनाउने? कालापानी फिर्ता ल्याउन अभूतपूर्व राष्ट्रिय सहमति जुटेको छ।

तर, हामी एक भएरमात्रै के गर्नु, छिमेकीको ताल फरक छ।

अघिल्लो महिना मिति नै तोकेर डिसेम्बरको पहिलो र तेस्रो हप्ताका लागि वार्ता गर्ने भनी परराष्ट्र मन्त्रालयले दिल्लीमा कूटनीतिक नोट पठायो।

पहिलो साता गुज्रिएर तेस्रो साता लागिसक्यो। तर, यताबाट ताकेता ल्याउँदा साउथ ब्लकबाट ‘वि विल सी’ भन्नुबाहेक कुनै चाइँचुइँ छैन।