जिग्री ,पाँडे र रक्षा बिना ‘भद्रगोल’ फेरि आउने - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

जिग्री ,पाँडे र रक्षा बिना ‘भद्रगोल’ फेरि आउने



काठमाडौं–चर्चित हाँस्यश्रृखला ‘भद्रगोल’ फेरि प्रसारमा आउने भएको छ । नयाँ शैलीका साथ यो प्रसारणमा आउन लागेको हो ।

यो श्रृखला निर्माण अभिनय गर्दै आएका कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टिमले छोडेपछि यो श्रृखला नयाँ शैलीमा आउन लागेको हो ।केही सातादेखि बन्द रहेको श्रृखलाको अवका एपिसो नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्ले र असोक धितालको निर्देशनमा आउन लागेको हो ।

असोक यस अगाडि पनि उक्त श्रृखलामा बाहुन डनको चरित्र निर्बाह गर्दै आएका छन् । काफ्ले भने भद्रगोलमा मङ्गल थाडु बनेर देखिदैछन्, भने अशोक धिलात बाहुन डन बनेर आउने भएका छन् । सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारको समेत यो श्रृखलामा अभिनय रहनेछ ।

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ८ ः३० बजे प्रसार हुँदै आएको यो श्रृखला अहिले पनि सोही समयमा प्रसार हुने बताइएको छ ।