बेलबास बेथरी सडक निर्माणको काम पुनः सुरु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बेलबास बेथरी सडक निर्माणको काम पुनः सुरु



विकास पराजुली
बुटवल । सडक क्षेत्रका घरहरू भत्काइएपछि निर्माणाधीन बेलवास– वेथरी सडक निर्माणको काम सुरु गरिएको छ ।

स्थानीयको सहमतिका साथै खानेपानी तथा सिंचाई कार्यालय, वन कार्यालय र विद्युत् कार्यलयको सहमतिमा सडक निर्माणको काम सुरु भएको हो । निर्माण कार्य सुरु भएपछि स्थानीयले घर भत्काउन नमानेका र सडक क्षेत्रमा पर्ने खानेपानीका पाईप, रुख र विद्युतका पोलहरू नहटाईंदा निर्माण कार्य अवरोध जस्तै भएको थियो । केही दिन अघिदेखि सडक निर्माण कार्यले तीव्रता पाएको छ ।

सडक निर्माणका लागि रुख, विद्युतका पोल र घरहरू बाधक बनेका थिए । सडकको छेउमा पर्ने रुख, विद्युतका पोल र घरहरूको व्यवस्थापन गरिएपछि निर्माण कार्यले गति लिन थालेको छ । २०७६ साल साउन १४ गतेसम्म सम्पन्न गर्नेगरी २०७३ साउन १५ गतेबाट निर्माण शुरु गरिएको थियो । सडक निर्माणका लागि २ हजार बढी रुख, २ सय बढी विद्युतका पोल र अमुवामा पर्ने ३५ वटा घरहरूको व्यवस्थापन भएपछि मात्र निर्माण कार्यले गति लिएको हो ।

सडक डिभिजन कार्यालयले रुख, पोल र घरहरूको व्यवस्थापनमा ढिलाई गर्दिएकाले समयमा सडक निर्माण हुन नसकेको ईन्जिनियर तथा वेलवास– वेथरी सडक प्याकेज नम्बर २ का म्यानेजर राजदेव महतोले बताएका छन् । नहरको डिलमा रहेका रुख, विद्युतका पोल र घरहरू हटाउने विषयमा वन, सडक, र डिभिजन सिंचाई कार्यालयबीच एक आपसमा विवाद उत्पन्न भएको थियो ।

अहिले उक्त सबै विवाद मिलेकाले निर्माण कार्यलाई अगाडि बढाइएको छ । बेलवासदेखि बेथरीसम्मको साढे २१ किलोमिटरको सडक निर्माणका लागि बेलवासदेखि ११ किलोमिटर सम्मको बज्रगुरु निर्माण सेवा कम्पनी र बाँकी साढे १० किलोमिटरको सडक रोमन जेजेईसिसीएल जेभी कम्पनीले ठेक्का सम्झौता गरेका छन् ।

सडकको बीच भागमा रहेको नहरमा पानी बगिरहने र दुबै साईडबाट सडक निर्माण गरिने छ । नेपालकै नमुना सडकको रूपमा लिइएको यो सडक सम्पन्न गर्नका लागि ६८ करोड ६२ लाख ६९ हजार ३ सय १० रूपैंयाँ बजेट लाग्ने बताइएको छ ।