कैलालीको बौनियामा हुने नृत्य प्रतियोगिताकाे तयारी पुरा - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कैलालीको बौनियामा हुने नृत्य प्रतियोगिताकाे तयारी पुरा



बाैनिया / कैलाली । पुस १५ काे अवसरमा ए.डि युनिट्स डान्स एकेडेमी बर्दगाेरिया गाउपालिका -१ बाैनियाकाे आयाेजनामा बाैनियामा हुने नृत्य प्रतियाेगिताकाे तयारि पूरा भएको आयाेजकले बताएको छ।

आयाेजक संस्थाका प्रमुख एवम सञ्चालक दिनेश पालले दिएकाे जानकारि अनुसार प्रतियोगितामा भाग लिन देशका विभिन्न स्थानहरुबाट नृत्यकर्मिहरुकाे बाैनियामा आगमन सुरु भइसकेकाे छ ।

पालका अनुसार प्रतियोगितामा देशभरिका लगायत स्थानिय गरेर करिब ३५ देखि ४० समूह र एकल प्रतिस्पर्धि साे प्रतियाेगितामा भाग लिनेछन् । आइतबार बिहान १० बजेवाट सुरु हुने प्रतियाेगिताकाे मञ्च र स्वागत गेट निर्माण कार्य शनिवार बिहान बाट सुरु भइसकेको र दिनभरिमा सम्पन्न भइसक्ने आयाेजकले जानकारि दिएकाे छ ।

बिगत चार बर्ष देखि सुदुरपश्चिममा विशेष महत्वका साथ मनाइने पुस १५ काे अवसरमा साे संस्थाले याे प्रतियोगिता आयाेजना गर्दै आइरहेको छ ।

स्थानिय नव बाल बाटिका बिधा मन्दिर मुख्य प्रायाेजक रहेकाे प्रतियोगिता लाई बर्दगाेरिया गाउपालिकाले प्रबर्द्धक काे रुपमा साथ दिएकाे छ ।

प्रतियोगितामा यस बर्षकाे विजेतालाई नगद ५० हजार ,मेडल ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ भने दाेस्राे र तेस्रो स्थान हासिल गर्नेहरुलाई क्रमस : २५ हजार १२ हजार ५ सय नगद सहित मेडल ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयाेजकले बताएको छ ।