भावना म्युजिक सोलुसनको प्रस्तुतिमा सानु सुर्खालीको तिजको कोसेली “बटौली” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

भावना म्युजिक सोलुसनको प्रस्तुतिमा सानु सुर्खालीको तिजको कोसेली “बटौली” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरू सार्वजनिक हुने क्रम गर्माएको छ । विगतका वर्षहरूमा झैँ यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरू धमाधम बजारमा ल्याउन गायक गायिकाहरु यति बेला अति नै व्यस्त हुन थालेका छन् । तीजकै अवसर पारेर गायिका सानु सुर्खालीले पनि ‘बटौली’ बोलको नयाँ गीत बजारमा ल्याएकी छिन् । “बटौली पातलो ज्यान ननाच घटौली” जस्ता शब्दले भरिएको तिज गीतमा सानु सुर्खाली र रञ्जित परियारको आवज सुन्न सकिन्छ ।

गीतमा शब्द संङ्गीत वसन्त थापाले भरेका छन् ।आफ्नो मायालुलाई शरीर को ख्याल गर्नु ज्यान पातलो छ नाच्दा नाच्दै घटौली, ग्याष्टिकको रोगी छउ खान पिनमा ध्यान दिनु दिदी बहिनीले नाच्न कर लाउलान ननाच्नु भन्दै श्रीमान् श्रीमती प्रतिको माया प्रेमलाई आधार बनाएर गीत प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई राजेश घिमिरेको छांयाकनमा चर्चित मोडल तथा निर्देशक शङ्कर बि.सीले निर्देशन गरेका छन् भने नवीन घर्ती मगरको सम्पादन रहेको छ । भिडियोमा बिमल अधिकारी र निशा पुरीको अभिनय देख्न सकिन्छ ।
गीतलाई भावना म्युजिक सोलुसनले बजार व्यवस्थापन गरेको छ ।