बास्कोटाले भने: सीमा समस्या समाधान गर्न धेरै वर्ष लाग्छ - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

बास्कोटाले भने: सीमा समस्या समाधान गर्न धेरै वर्ष लाग्छ



काठमाडौं : सरकारका प्रवक्ता एवँ सुचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नेपाल भारतको सीमा समस्या समाधान हुन वर्षौ लाग्न सक्ने बताएका छन् ।

प्रवक्ता बास्कोटाले बिहिबार सरकारका निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले भने ‘बंगलादेश र भुटानको सीमा समस्या समाधान हुन कति समय लाग्यो ? हो, सबैकुराको समय लाग्छ । सीमा समस्या समाधान हुन वर्षौं पनि लाग्न सक्छ ।

बास्कोटाले सरकार देशको सार्वभौमसत्ताका बारेमा कानमा तेल हालेर नबस्ने पनि उनको दाबी थियो ।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले सीमा सुरक्षाका विषयमा सरकार चुप लागेर नबसेको तर्कसमेत गरे।

यस्तै मन्त्री बास्कोटाले सरकारले सीमामा सुरक्षा दस्ता राखेर युद्ध गर्न नचाहेको बताए।

सरकारले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यलयका मुख्य सचिव नारायण बिडारीलाइ प्रधानमन्त्री कार्यालयमा सचिवका रुपमा सरुवा गरेको छ।

स्वास्थ्य नीति, चिकित्सा व्यवस्था कार्यविधि, सेनेटरी वितरण कार्यविधि पनि स्वीकृत गरेको छ।