चित्रबहादुर केसीलाई कारबाही गर्ने बाँस्कोटाको घोषणा - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

चित्रबहादुर केसीलाई कारबाही गर्ने बाँस्कोटाको घोषणा



काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कानून सबैका लागि एकै भएकोले गैरकानूनी काम गरेको पुष्टि भए राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई कारबाही गरेरै छोड्ने चेतावनी दिएका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो चेतावनी दिएका हुन् । उनले भने,‘कानूनअनुसार कारबाही हुन्छ ।’ उनले भने,‘चित्रबहादुर भन्नासाथ कानून विपरीत भयो भने के गर्ने, केपी ओली भए त त्यही कानून बमोजिम हुन्छ, अब चित्रबहादुरको के कुरा ?’

उनले चित्रबहादुर केसीले लोकतान्त्रिक आन्दोलनमा दिएको योगदानको कदर गर्न सकिने तर कानून मिचेर नचाहिने काम गरेको पुष्टि भए त्यतिकै नछोडिने चेतावनी दिए । उनले भने,‘चित्रबहादुर ग¥या भनेर छाड्न मिल्दैन।’ उनले व्यक्तिको सम्मान अधिकारको कुरा शक्तिसँग मापन नहुने स्पष्ट पारे ।