सञ्चार मन्त्री बाँस्कोटाको भन्छन् - पत्रकारिता आलु-प्याज जस्तो अमर्यादित उद्योग होइन - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

सञ्चार मन्त्री बाँस्कोटाको भन्छन् – पत्रकारिता आलु-प्याज जस्तो अमर्यादित उद्योग होइन



काठमाडौँ  : सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले नेपाली प्रेसलाई समृद्ध बनाउनेबारे सरकारले छलफल गरिरहेको बताएका छन्। प्रेस सङ्गठन नेपालले पेरिस डाँडामा आयोजना गरेको १७ औँ कृष्ण सेन स्मृतिदिवस– २०७६ पुरस्कार वितरण समारोहमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारिता कुनै आलु प्याजको उद्योग होइन भन्दै यसलाई व्यवस्थित र मर्यादित बनाउन सरकार प्रयासरत रहेको बताए।

संसदमा पेस भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकबारे भइरहेको विरोधतर्फ सङ्केत गर्दै मन्त्री बाँस्कोटाले संविधानको मान्यताभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने स्पष्ट पारे। ‘अहिले गुदीमा नगएर बाहिरी कोलाहालमा विरोध भएको छ।’ उनेले भने, ‘एनजीओ र आइएनजीओबाट परिचालित भएर सरकारको विरोध भइरहेको छ।’

लोकतन्त्रका संस्थापक र लोकतन्त्र ल्याउन तथा प्रेस स्वतन्त्रताकै लागि लडेका  र पटकपटक गिरफ्तारीमा परेका हामीहरू यसविरुद्ध जानै सक्दैनौँ – मन्त्री बाँस्कोटाको भनाइ छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा उनले भने, ‘तपाईँ नियन्त्रण–नियन्त्रण भन्नुहुन्छ भने म नियमन–नियमन भन्छु।’ मन्त्री बाँस्कोटाले समाचार लेखे वापत कहीँ कसैलाई केही नहुने भन्दै सञ्चार क्षेत्रमा एक वर्षभित्र भएका गतिविधिका बारेमा अनुसन्धान गर्न र त्यसबारे बहस र छलफलमा बस्न आफू तयार भएको बताए।