विदेश भा'को जेठो छोरो आउन पाउदैन रे ....मार्मिक गीत(भिडियो सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

विदेश भा’को जेठो छोरो आउन पाउदैन रे ….मार्मिक गीत(भिडियो सहित)



हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ-दिपावलीको अवसर परेर बजारमा गीत आउने क्रम जारि छ ।तेस्तै गरि बुटवललाई कर्मथलो बनाएर गीत संगीतमा  लागेका बसन्त लम्सालले पनि दशैँ बिशेष गीत लिएर बजार मा आएका छन  । बसन्त लम्साल र सपना गाहाको संयुक्त कोसेली ‘आउ है घर फर्की ‘ युटुब मार्फत सार्बजनिक भएको  हो ।

दर्जनौ गीतमा स्वर दिएका लम्सालले समसामयिक गीतहरु बजारमा ल्याउने गरेका छन् ।चाडबाड नजिकदै गर्दा बिदेशमा रहेका आफ्ना छोराछोरी घर आउन नपाउदा आमाबुवालाई हुने पिडा उक्त गीतमार्फत देखाउन खोजेको लम्साल बताउछन ।

बसन्त लम्साल र सपना गाहाको स्वर रहेको उक्त गीतमा सब्द बबिन नेपालले कोरेका छन् ।लक्षमण ,पुर्णिमा ,कुलचन्द्र ,केशव आदिको अभिनय रहेको सो गीतको निर्देशन बिष्णु भट्टराईले गरेका छन् ।बजार व्यवस्थापन भने अर्घादर्बार फिल्म्सले गरेको छ ।