बसन्त मुरारीको १७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बसन्त मुरारीको १७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न



गोविन्द बीसी / बौनिया ।
कैलालीको बौनिया स्थित बसन्त मुरारी माविले १७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । यसक्षेत्रमा अग्रणी बिद्यालयको रूपमा स्थापित बसन्त मुरारी माविको वार्षिकोत्सब समारोहमा सुदुरपश्चिम प्रदेशका उच्च पदस्थ व्यक्ति लगायत विभिन्न विद्यालयका प्रअ,संघसंस्थाका प्रतिनिधि सहित हजारौं अभिभावकहरुको उपस्थिति रहेको थियो ।

बिहीबार भएको वार्षिकोत्सब कार्यक्रमको सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दबहादुर साउँदले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य साउँदले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहले अभ्यास गरिरहेको बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका साउँदले संघीयता र संविधानको सफल कार्यान्वयन भए मात्रै देश समृद्धि उन्मुख हुने चर्चा गरे ।
जसका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने साउँदले बताए ।

आफू बर्दगोरिया क्षेत्रको बिकासका लागि निरन्तर लागिरहेको बताउदै साउँदले उच्चशिक्षा,खेलकुद, बर्दगोरिया धार्मिक पर्यटन र यातायात बिकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कुँवरको सभापतित्वमा वार्षिकोत्सब कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौरा, उपाध्यक्ष भगवतीदेवी डंगौरा, स्रोतब्यक्ति अमरनाथ झा, बालकन्या आधारभूत बिद्यालय कट्टीपुरका प्रअ भुमिप्रकाश शर्मा, वडा नम्बर-१ का वडा अध्यक्ष जयरुप खतिवडा, असहायका लागि सहयोगी हातहरु नेपालका अध्यक्ष बल बहादुर बिष्ट लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

विद्यालयमा अध्ययनरत विभिन्न भाइबहिनीहरुले आ-आफ्नो प्रस्तुति दिँदै उपस्थिति अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए भने कार्यक्रममा बिद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

बिद्यालय प्रअ भुमिप्रकाश बमद्वारा प्रस्तुत भएको आर्थिक वर्ष २०७४/०७५ को ३ करोड २६ लाख ३५ हजार ८ सय ९७ रुपैयाँ आयब्यय अनुमोदन गरिएको छ । वार्षिकोत्सब कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने पूर्वबिद्यार्थी, शिक्षक गणेशप्रसाद दाहाल, गाउँपालिका उपाध्यक्ष भगवतीदेवी डंगौरा,महिला समाजसेवी रुपा आलेमगर, लोकभिजन साप्ताहिक सम्पादक लोकबहादुर देउबालाई सम्मान गरिएको छ । यस्तै, मिना न्यौपाने अक्षयकोष पुरस्कारबाट मावि तहका जेहन्दार बिद्यार्थी महेस साँउद र स्वेता बुढा,कृष्ण कुँवर ,निमावि तहका दिपक ढुंगानालाई जनही ५ हजार नगद रुपैयाँ पुरस्कृत गरिएको छ ।

विद्यालय ब्यबस्थापन समिति सदस्य पदमादेवी साउँदको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको संचालन शिक्षक प्रभुनाथ रिमालले गरेका थिए ।