वसन्त महतो र सोनु कुश्मीको "छमछम बोले पायल" सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

वसन्त महतो र सोनु कुश्मीको “छमछम बोले पायल” सार्वजनिक (भिडियो सहित)



विशाल पाण्डेय / कैलाली ।
नयाँ वर्ष २०७६ लाई लक्षित गरि थारु म्युजिक भिडियो सार्वजनिक गरिएको छ । “छमछम बोले पायल” बोलको म्युजिक भिडियो विन्दास मिडिया यूट्यूव च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

मनोज बन्धनको शब्द संगीत रहेको उक्त गितमा चर्चित थारु गायक वसन्त महतो तथा चर्चित गायिका सोनु कुश्मीको आवाज रहेको छ भने पुष्कर खत्रीले एरेन्ज भरेका हुन् ।

निर्देशक विकास चौधरीको निर्देशनमा बनेको म्युजिक भिडियोमा नव कलाकार आशिक चौधरी र चाँदनी मल्लको अभिनयलाई देख्न सकिन्छ ।

कैलालीको चिसापानी र लौकाहाभौकाहा तालमा सुटिङ गरिएको उक्त म्युजिक भिडियोको छायांकन शाहिल चौधरी, दयाशंकर चौधरी र मून चौधरीले गरेका हुन् ।

भिडियो हेर्नुहोस :