बर्दगोरियामा भलिबल प्रतियोगिता सुरु,ग्रीनल्याण्डलाई हराउँदै साईनिङ्ग स्टारको विजयी सुरूवात  - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बर्दगोरियामा भलिबल प्रतियोगिता सुरु,ग्रीनल्याण्डलाई हराउँदै साईनिङ्ग स्टारको विजयी सुरूवात 



हिमाल पोस्ट 

बौनिया,कैलाली । कैलालीको बर्दगोरीया गाउपालिकामा पौष १५ को अवसरमा शिक्षकहरु बिच शुक्रबारबाट खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

शुक्रबार भएको आयोजक बिद्यालय साईनिङ्ग स्टार एकेडेमी बर्दगोरीया- १ कट्टीपुर र ग्रीनल्याण्ड बोर्डीङ स्कुल खैरेनी बिच भएको उद्घाटन खेलमा साईनिङ्ग स्टार एकेडेमी बिजयी भएको छ । नेपालीहरुले मनाउने चाड पौष १५ को अवसरमा सबैको जमघट गरी रमाईलो गर्दै आत्मियता साटन प्रतियोगिताको आयोजना गरीएको आयोजक संस्था साईनिङ्ग स्टार एकेडेमीका प्रिन्सीपल तपेन्द्र खडकाले बताउनु भयो ।

शनिबार बिहान १० बजे आयोजक बिद्यालय साईनिङ्ग स्टार एकेडेमी बर्दगोरीया -१ कट्टीपुर र कालिका मा.बि. नौनिया बिच खेल हुने बताईएको छ । प्रतियोगिमा प्रथम हुने विद्यालयलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।