कैलालीको बर्दगोरीयामा माघी मेला सुरु  - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कैलालीको बर्दगोरीयामा माघी मेला सुरु 



हिमाल पोस्ट 

बौनिया ,कैलाली । मकर संंक्रान्ति अवसरमा कैलालीको बर्दगोरीया गाउपालिकाको बर्दगोरीया धाममा धार्मिक ,सांस्कृतिक तथा पर्यटकीय माघी मेलाको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ ।

धार्मिक संस्कृतीक तथा पर्यटकीय माघी मेला मुल आयोजक कमिटीका संयोजक हर्क बहादुर शाहको सभापत्तीत्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बर्दगोरीया गाउपालिकाका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो ।

बर्दगोरीया धार्मिक क्षेत्र बिकाश तथा संरक्षण मञ्चका अध्यक्ष खडक चौधरी, बर्दगोरीया पर्यटन बोर्डका अध्यक्ष राम बहादुर साउद आयम, नजमोर्चाकी रुपा आले, नेपाली कांग्रेश गाउपालिका कार्य समिती सभापती गणेश शाही, कार्यक्रममा बर्दगोरीया गाउपालिका वडा नं. २ का वडा अध्यक्ष भेखु चौधरी लगायतले बोल्नु भएको थियो ।

प्रमुख अतिथीको आशनबाट बोल्दै गाउपालिका अध्यक्ष बलीराम डगौरा थारुले बर्दगोरीया धामको समग्र बिकाश र बिस्तारमा दुईवटा समितीले बैधानिक्ता नपाउने भएकाले अझैपनी सबै मिलेर आउन आग्रह गर्नु भयो । दुईवटा समितीको बिचमा सहमती नभए बिकल्पको रुपमा बिद्यमान बर्दगोरीया धार्मिक क्षेत्र बिकाश तथा संरक्षण मञ्च मार्फत काम अगाडी बढाउन सकिने समेत बताउनु भयो ।

यस क्षेत्रको लागि तिनै तहका सरकारबाट १ करोड ५० लाख रुपैया बिनियोजन भएकाले बर्दगोरीयाको बिकाशमा नभई दुबै समिती रकमको लुछाचुडीमा लागेको भन्दै भित्र भित्रै आफुलाई कम्जोर बनाउने खेल शुरु भएको समेत आरोप लागाउनु भयो ।

शुक्रबार भएको उद्घाटन कार्यक्रममा थारु संस्कृती झल्कीने सखिया, झुम्रा, लाठी, होरी, डफ लगायतका सांस्कृतीक झाकीहरु समेत प्रदर्शन गरीएको थियो । मेला समिती संयोजक करिष्मा चौधरीको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रमको संचालन संचारकर्मी लोकू सिंह ठकुरीले गर्नु भएको थियो ।

मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । मेला माघ १ गते सम्म संचालन हुनेछ ।