बर्दगोरिया स्रोतकेन्द्र स्तरीय खेलकुद प्रतियोगिता सुरु
गोविन्द बीसी / बौनिया,कैैैलाली ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा सामुदायिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता बुधबार देखि सुरु भएको छ ।
बर्दगोरिया गाउँपालिका स्रोतकेन्द्रको आयोजनामा खेलकुद प्रतियोगिता संचालन गरिएको हो ।
स्रोतकेन्द्र विद्यालय बसन्त मुरारी मावि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष टंक बहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बलिराम डंगौरा रहेका थिए भने,
बिशिस्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष भगवती डंगौरा रहेकी थिइन् । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बलिराम डंगौराले बर्दगोरिया गाउँपालिका भौगोलिक दृष्टिकोणले बिकास र पर्यटनको सम्भावना बोकेको गाउँपालिका भएको बताए । कैलाली जिल्लाका सबै गाउँ र नगरपालिकामध्ये बर्दगोरिया बिकासको सम्भावना बोकेको गाउँपालिका भएको उनको दाबी छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष डंगौराले बर्दगोरिया गाउँपालिकालाई सुन्दर र नमूना गाउँपालिका बनाउने चाहना रहेकोे बताए । शिक्षा र खेलकुदको माध्यमबाट मात्रै बिकास हुदैन उनले भने-” बिकासका लागि समग्र सबैको मन र बिचार मिल्न आवश्यक छ ।”
समग्र शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, बन वातावरणको बिकास गरि जिल्लामा नमूना गाउँपालिकाको पहिचान बनाउन चाहेको उनले बताए । उनले गाउँपालिकामा क्रमागत रूपमा पूर्वाधार बिकास योजना भइरहेको भन्दै आगामी ३ वर्षमा सुन्दर गाउँपालिका हुने बताए ।
बनजङ्गल, नदीनाला प्रशस्त प्राकृतिक सम्पदा रहेको र यसको संरक्षण र उपयोग हुन सके नमूना गाउँपालिकाको रूपमा पहिचान दिन सकिने दाबी गरे ।
कार्यक्रममा उनले सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक बिज्ञ र तालिम प्राप्त हुने भएकाले शैक्षिक गुणस्तर सुधार र बिकासमा प्रमुख भूमिका शिक्षकको नै हुने औल्याए । खेलकुद कार्यक्रमले दक्ष र क्षमतावान विद्यार्थी उत्पादन गर्न सहयोग पुग्ने बिश्वास लिइएको अध्यक्ष डंगौराको भनाइ रहेकोे छ ।
स्रोतकेन्द्र प्रअ एवं खेलकुद संयोजक भूमिप्रकाश बमको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा सडकपुर बौनिया बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक सुनार, गाउँपालिका शिक्षाशाखा प्राविधिक सहायक निरिखनन्दन लालकर्ण, शिक्षा बिकास तथा समन्वय इकाई कैलालीका बिद्यालय निरीक्षक प्रतापसिंह धामी, मोहन्याल मावि ब्यवस्थापन समिति अध्यक्ष धिरेन्द्रा जोशी, राष्ट्रिय जनमोर्चाकी रुपा आलेमगर, नेपाली कांग्रेस बर्दगोरिया सभापति गणेश शाही, नेकपा बर्दगोरिया संयोजक डिल बहादुर बिक, वडा नम्बर-१ का वडाअध्यक्ष जयरुप खतिवडा, वडा नम्बर-२ का वडाअध्यक्ष भिखु चौधरी, वडा नम्बर-३ कर्ण सुनार, शिक्षा संयोजक गोमा बिक, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहीद दिवसका अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगितामा गाउँपालिका अन्तर्गत प्राथमिक, आधारभूत र माध्यमिक गरि १७ वटा सामुदायिक विद्यालयको सहभागिता रहेकोे छ ।
खेलकुद प्रतियोगिता स्रोतकेन्द्र विद्यालय बसन्त मुरारी माविको खेलमैदानमा संचालन भएको छ भने, प्रतियोगितामा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा छात्र तथा छात्रा दुबैतर्फ ११ विद्याका खेलकुद प्रतियोगिता हुने भएका छन् ।
जसअन्तर्गत हिसाब दौड, १ सय मिटर , २ सय मिटर, ४ सय मिटर, १ हजार मिटर दुरीका दौड हुनेछन् । यस्तै, म्युजिकल चेयर, हाइजम्प, लङ्गजम्प, सटपुट, कपर्दी र भलिबल प्रतियोगिता हुनेछन् ।
बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोगमा संचालन हुने कार्यक्रमको प्रायोजक गाउँपालिका कार्यालय नै रहेको छ ।
प्रतियोगितामा छात्रछात्रा दुबैतर्फ फरकफरक विद्यामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने बिद्यार्थीले मेडल तथा कदर प्रमाणपत्र पुरस्कार पाउनेछन् । खेलकुद प्रतियोगिता संचालन गर्नका लागि १ लाख ५० हजार हाराहारी खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
You may be interested

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०९:००काठमाडौँ । भारतकाे मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने क्रममा उद्धार गरिएका १७९ जना काठमाडौँ ल्याइपुर्याइएकाे छ । मङ्गलबार…

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:५२काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच…

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:४२कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो…