चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग फुटबल जारी , अाज पनि दुई खेल  - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग फुटबल जारी , अाज पनि दुई खेल 



राजेन्द्र रावल/ कैलाली ।
सरस्वति एग्राे इण्डष्ट्रिज चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग राष्ट्रव्यापि खुल्ला फुटबल प्रतियाेगिताकाे चाैथाे दिन अाज अाइतबार पनि दुई खेल हुने भएका छन् ।

अाज हुने पहिलाे खेलमा दिउँसो १ बजे प्रतियोगिताकाे अायाेजक सडकपुर बाैनिया युवा क्लब (बि) का बिरुद्ध शम्भुसुनन्दा युवा क्लब चैनपुर भिड्दा अाजकाे दाेस्राे खेलमा प्रतियोगिता काे दावेदार मानियकाे गाैरिगङ्गा ११ स्पाेर्टस क्लब का बिरुद्ध बुध्द युवा क्लब टिकापुर अर्को चरण प्रवेसका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कार्तिक ८ गते बाट सुरु भएको प्रतियोगिता कार्तिक २० गते सम्म चल्नेछ,जसकाे विजेताले नगद २ लाख मेडल,ट्रफि र प्रमाणपत्र पाउँदा उप विजेताले १ लाख मेडल,ट्रफि र प्रमाणपत्र मा चित्त बुझाउनु पर्नेछ । प्रतियोगितामा सहभागी १९ टिमहरुलाइ विभिन्न चार समुहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा दिन प्रतिदिन दर्शकहरुकाे संख्यामा उल्लेख्य बृध्दि भैरहेकाे प्रचारप्रसार संयाेजक पदम राज अाेझाले जानकारि दिनु भएको छ । नक अाउटकाे अाधारमा सञ्चालन भैरहेको प्रतियाेगितामा जिल्ला भित्रका विभिन्न १९ वटा टिमहरुकाे सहभागिता रहेकाे छ ।