चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग फुटबल प्रतियोगिताकाे तयारि अन्तिम चरणमा - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग फुटबल प्रतियोगिताकाे तयारि अन्तिम चरणमा



राजेन्द्र रावल / बौनिया ,कैलाली ।

चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगिताकाे तयारि अन्तिम चरणमा पुगेकाे अायाेजक सडकपुर बाैनिया युवा क्लबका अध्यक्ष प्रकास साउँदले बताएका छन् । हिमाल पोस्ट संगकाे कुराकानिमा अध्यक्ष साउँदले प्रतियाेगिता सुरु हुन तीन दिन बाकि रहेकाे अवस्थामा तयारि करिब ८५ प्रतिसत पूरा भएको उनले बताएका हुन् ।

साउँदले खेल सञ्चालन हुने मैदान व्यवस्थापन लगायत अन्य कार्यहरु करिब करिब अन्तिम चरणमा पुगेकाे जानकारि दिए । प्रतियाेगिताका खेल संयाेजक पुष्प भण्डारीले दिएकाे जानकारि अनुसार अहिले सम्म प्रतियोगितामा सहभागिताका लागि २० वटा टिमहरु अाफ्नाे सम्पर्कमा रहेकाे र मंगलबार सम्म टिमकाे टुंगो लाग्ने समेत उनले वताए ।

यता प्रचारप्रसारकाे जिम्मेवारी लिएका प्रचारप्रसार संयाेजक पदम अाेझाका अनुसार उनकाे समुहले प्रतियोगिताकाे बारेमा जानकारि धेरै भन्दा धेरै जनमासमा पुगाेस भन्ने हेतुले कैलाली जिल्ला भित्रका विभिन्न छापा र एफएम स्टेसन हरुमा प्रतियोगिताकाे जानकारि सहितकाे विज्ञापन र सुचना प्रसारण भैरहेकाे बताए । बताए

चाैथाे संस्करणको बर्दगाेरिया सेतिलाेकमार्ग खुल्ला राष्ट्र व्यापि फुटबल प्रतियोगिता लाई लम्किचुहा नगरपालिका १० पिपराैवामा रहेको सरस्वती एग्राे इण्डष्ट्रिज एण्ड दाल मिलले मुख्य प्रायाेजन गर्ने भएको प्रतियोगिताका अार्थिक संयाेजक विकास मल्लले बताए । प्रतियाेगिता सञ्चालन हुन तीन दिन बाकि रहदा खेल सञ्चालन हुने बर्दगाेरिया गाउपालिका १ बाैनियामा पछिल्ला दिनहरुमा चहलपहल समेत बड्दै गहिरहृकाे छ ।

यस बर्ष प्रतियोगिताकाे प्रथम पुरस्कार २ लाख नगद सहित मेडल र प्रमाणपत्र रहदा दाेस्राे पुरस्कार नगद १ लाख मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ । यसै गरि प्रतियोगिताका विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडिहरुलाइ नगद पुरस्कारकाे समेत व्यवस्था रहेकाे छ । प्रतियोगिता यहि कार्तिक ८ गतेगतेदेखि २० गते सम्म चल्ने छ ।