बाँके जिल्ला बन्दले जनजीवन प्रभावित - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

बाँके जिल्ला बन्दले जनजीवन प्रभावित



नेपालगन्ज । नेपाल तरुण दलले गरेको बन्दका कारण शुक्रबार बाँकेको जनजीवन प्रभावित भएको छ । अवैध हतियारसहित पक्राउ परेका नेपालगञ्ज नगर सभापतिको रिहाइको माग गर्दै गरेको बन्दका कारण बिहानैदेखि जिल्लाका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको हो।

बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चल्न पाएका छैनन् भने उद्योग, कलकारखाना, शैक्षिक संस्था पुरै ठप्प भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

केहिदिन अघि तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहलाई नेपालगञ्ज–२० मा रहेको नमस्ते भिलेज रेस्टुरेन्टबाट एक थान अमेरिकन पेस्तोल, दुई राउण्ड गोली र म्याग्जिनसहित बाँके प्रहरीले पक्राउ गरेको थियो।
नेता शाहीको रिहाइको माग गर्दै आज विहानैदेखि नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको छ । फाइल तस्वीर :