बैंकको चर्को ब्याजदर विरुद्ध टिकापुरका व्यवसायी आन्दोलित - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

बैंकको चर्को ब्याजदर विरुद्ध टिकापुरका व्यवसायी आन्दोलित



लोकेन्द्र रावल / टीकापुर ।
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार बैंक तथा वित्तिय संस्थाले वृद्धि गरेको ब्याजदर विरुद्ध विरोध प्रदर्शन भएको छ । टीकापुर उद्योग बाणिज्य संघको कार्यालयबाट सुरु भएको ¥याली बजार परिक्रमा गरेर खडकचोकमा कोणसभामा परिणत भएको थियो ।

टीकापुर उद्योग बाणिज्य संघका (बाणिज्य तर्फका) उपाध्यक्ष सुरेन्द्र किशोर गिरीको अध्यक्षतामा भएको कोण सभामा बोल्दै गिरीले यो आन्दोलन व्यवशायीहरुको मात्र नभएर सबैको आन्दोलन भएको बताउँदै उहाँले आगामीदिनमा पनि बैंक तथा वित्तिय संस्थाले वृद्धि गरेको ब्याजदरमा हेरफेर नगरे फेरि चरणवद्ध रुपमा आन्दोलन जाने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रिय सदस्य हेमराज गिरीले बैंकले ब्याजदर बढाएर महंगी सिर्जना गरेको बताउनुभयो । बैंकको ब्याजदर नियन्त्रण भएन भने उद्योग व्यवशाय क्रमशः बन्द हुने बताउनुभयो ।

टीकापुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष आनन्द हमालले ब्याजदर बृद्धिले गर्दा कलकारखा र उद्योगहरु धरासयीमा गईरहेको बताउनुभयो । यसले गर्दा युवाहरुलाई खाडीमुलक तर्फ जान बाध्य गरिरहेको बताउनुभयो । आगमीदिनमा पनि बैंक तथा वित्तिय संस्थाले ब्याजदरमा हेरफेर गरेन भन्ने फेरि पनि आन्दोलनमा उत्रिने बताउनुभयो । उहाँले बैंकलाई ब्याजदरमा हेरफेर गर्न पनि आग्रह गर्नुभएको छ ।

कोण सभा महासचिव रामबहादुर भण्डारीले सञ्चानल गर्नुभएको थियो । विरोध ¥यालीमा डेढ सय भन्दा बढी व्यवशायीहरुको सहभागिता रहेको थियो । विभिन्न जिल्लास्थित उद्योग वाणिज्य संघहरुले नेपाल उद्योग वाणिज्य महासंघले थालेको आन्दोलनमा समर्थन जनाउँदै विरोध ¥याली लगायतको आयोजना गरिरहेका छन ।