बंगबन्धु गोल्डकपः ताजिकिस्तानसँग नेपाल पराजित - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बंगबन्धु गोल्डकपः ताजिकिस्तानसँग नेपाल पराजित



काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २-० गोल अन्तरले पराजय व्यहोरेको छ ।

२७औं मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

ताजिकिस्तानका कप्तान जर्सी नम्बर १८ का खेलाडी फाथ्खुल्लो फाथुएल्लोभले पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपालविरुद्ध एक–शून्यको अग्रता बनाएका थिए ।

दोस्रो हाफको ६८ औं मिनेटमा ताजिकिस्तानका जर्सी नम्बर ९ का खेलाडी टुरीनोभ कोमरोनले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

नेपालले पटक-पटक आक्रमणको प्रयास गरे पनि गोल भने गर्न सकेन । नेपालले आउँदो शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । मंगलबार नै भएको पहिलो खेलमा आयोजक राष्ट्र बंगलादेशले लाओसलाई एक-शून्यले हराउँदै विजयी सुरुवात गरेको छ ।