वामदेव ब्याक: 'कास्कीबाट पक्का हारिन्छ म उठ्दिन' - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

वामदेव ब्याक: ‘कास्कीबाट पक्का हारिन्छ म उठ्दिन’



काठमाडौं : नेकपाका नेता वामदेव गौतम कास्कीबाट उपनिर्वाचनमा उठ्ने चर्चा भैरहेका बेला उनले भने चुनावमा भाग नलिने घोषणा गरेका छन् । मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की २ बाट नउठ्ने घोषणा गरेपछी विभिन्न अड्कलबाजी भैरहेका छन्।

गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकमा स्वर्गीय रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी नदिने घोषणा गरेको बताइएको छ।

गौतमले बैठकमा भने, ‘मलाई कास्कीबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति हार्दिक आभार प्रकट गर्दछु’, ।

उनले बैठकमा कास्कीबाट चुनाव हारिने निश्चित भएकोले आफु उठ्न नचाहेको समेत बताएका छन् । उनले बर्दियाको स्मरण गराउंदै ३२ हजार मत बढी भएको ठाउंबाट त हारियो भने कास्की त निकै कमजोर क्षेत्र भएकोले हार्ने पक्का भएको समेत बताएका छन् ।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा अधिकारीको निधिनपछि कास्की २ खाली छ।