कांग्रेस एक्लैले २० सिट पनि नजित्ने बालकृष्ण खाँणको खुलासा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

कांग्रेस एक्लैले २० सिट पनि नजित्ने बालकृष्ण खाँणको खुलासा



बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनअघि गठबन्धन टुटेको भएका कांग्रेस २० सीटमा खुम्चिने अवस्था रहेको बताएका छन् ।

शनिबार बीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो तर्क गरेका हुन् । उनले भने, ‘कांग्रेस गठबन्धमा नगएको भए प्रत्यक्षतर्फ २० सिट हाराहारी मात्र जित्न सक्ने सम्भावना थियो । तर, निर्वाचनसम्म गठबन्धनलाई बचाएर ल्याऔँ ।’

उनले कांग्रेसले आफ्नो नितिगत अडानका साथमा अन्य दलसँग एकता गर्नै पर्ने समेत उल्लेख गरे । एकता र सहकार्यको कुरा गर्दा आफू पनि सिकार भएको भन्दै चुनावमा पार्टी भित्रदेखी अन्तर्राष्ट्रिय शक्ति पनि आफूलाई हराउन सक्रिय भएको दाबी गरे ।

उनले भने, ‘पार्टीभित्र कांग्रेसले आफ्ना नीतिगत अडानमा साथ अरु राजनीतिक दलहरुसँग सहमति, सहकार्य र एकता गर्नैपर्छ भन्ने पक्षमा म सदैव उभिरहने छु । यसका कारण मैले मूल्य चुकाउनपरेको छ ।’