बालकोटको एक उद्योगमा आगलागी - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

बालकोटको एक उद्योगमा आगलागी



भक्तपुर – भक्तपुरको सुर्यविनायकको एक उद्योगमा आगलागे भएको छ। सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आइतबार बिहानै आगलागी भएको हो ।

बिहान ५ः०० बजे सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा आगलागी भएको जानकारी प्राप्त भएको छ। उद्योगमा आगलागीको समयमा कोही कामदार थिएनन ।

के कारणले आगलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो ।

काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ ।

आगलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार र अन्य सामान जलेर नष्ट भएका छन् ।