काठमाडौंमा कसैले घुस मागे मलाई खबर गर्नु, नाम गोप्य हुनेछ- बालेन शाह - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

काठमाडौंमा कसैले घुस मागे मलाई खबर गर्नु, नाम गोप्य हुनेछ- बालेन शाह



काठमाडौं महानगरपालिकाले कार्यालयमा कुनै पनि कर्मचारीले घुस मागेको भए प्रमाणसहित सम्पर्क गर्न आग्रह गरेको छ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत आफूहरु भ्रष्टाचार भएको हेर्न नसक्ने र कुनै कर्मचारीले मागेको भए सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको जानकारी गराएका छन्।

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित,’ शाहले भनेका छन्, ‘कसैले बिना प्रमाण यस्ले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला।’

साथै, उनले प्रमाणसहित सम्पर्क गर्नका लागि अनुरोध पनि गरेका छन्। उनले भनेका छन्, ‘हामी लाई 9863592011 मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ। यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ।’