ओली-प्रचण्ड एकठाउँ भएपछि बालेन शाह आक्रोशित - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

ओली-प्रचण्ड एकठाउँ भएपछि बालेन शाह आक्रोशित



नेकपा (एमाले) का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वर्तमान राजनीतिप्रति आक्रोश व्यक्त गरेका छन्।

नेकपा (एमाले) का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार गठनको विषयमा भएको छलफलपछि बालेन्द्रले प्रश्न गरेका छन्ः देश के हो? व्यापार हो? खेल हो?

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दिएको समयसीमा आज साँझ पाँच बजेपछि सकिँदैछ। यो बिचमा सरकार गठनका लागि राजनीतिक दलहरुको दौडधुप चलिरहेको छ।

यसै सन्दर्भमा बालेन्द्रले हिजो आफूले लेखेको कविता सही सावित भएको दाबी गरेका छन्।