बालबाटिका क्रिकेट लिग : उपाधीका लागि आयाेजक र लिटिल फ्लावरबिच आज प्रतिस्पर्धा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

बालबाटिका क्रिकेट लिग : उपाधीका लागि आयाेजक र लिटिल फ्लावरबिच आज प्रतिस्पर्धा



बाैनिया
असाेज २६ गतेबाट कैलाली जिल्लाकाे बर्दगाेरिया गाउपालिका ४ मुडा बजारमा सुरु भएको धाल बाटिका क्रिकेट लिग २०७६ काे फाइनल खेल आज हुने भएको छ । आज बिहान ११ बजेबाट साे खेल सुरु हुने आयाेजकले जानकारि दिएका छन् ।

कैलाली र कञ्चनपुर जिल्लाका गरि १६ बिधालय काे सहभागिता रहेकाे प्रतियोगिता काे फाइनल खेलमा अायाेजक नव बाल बाटिका बिधा मन्दिर बाैनिया र लिटिल फ्लावर इङ्गलिस स्कुल धनगढी बिच प्रतिस्पर्धा हुनेछ ।

फाइनल सम्म स्थान बनाउने क्रममा अायाेजकले लिग चरणमा युनाइटेड एकेडेमी टिकापुर र उज्यालो शिक्षा सदन लम्कि लाई हराउदा क्वाटरफाइनल मा गणेश बाबा स्कुल टिकापुर र सेमिफाइनलमा क्याम्ब्रिज स्कुल वलिया लाई पराजित गरेको थियाे ।

अर्काे फाइनल खेल्ने टाेलि लिटिल फ्लावरले लिग चरणमा गणेश बाबा टिकापुर,बसन्त मुरारी माध्यमिक बिधालय बाैनिया र विज्डम एकेडेमी महेन्द्रनगर लाई हराउदा क्वाटरफाइनल मा उज्यालो शिक्षा सदन लम्कि र सेमिफाइनलमा अार.एम.इ स्कुल टिकापुर लाई पराजित गरेको थियाे ।

प्रतियोगिता काे बिजेता ले १ लाख १ हजार पुरस्कार पाउदा उप विजेताले ५१ हजार पुरस्कार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिता काे उत्कृष्ट खेलाडिले १० हजार प्राप्त गर्दा उत्कृष्ट ब्याट्सम्यान र बलर ले जनहि ५ हजार पाउदा राइजिङ्ग प्लेयर र प्रतियोगिता काे सबै भन्दा बडि छक्का हान्ने खेलाडीले जनहि २५ सय पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

प्रतियोगिता काे समापन बर्दगाेरिया गाउपालिका अध्यक्ष बलिराम डगाैरा थारुले गर्ने प्रतियोगिता संयाेजक तथा अायाेजक बिधालय का संस्थापक प्रिन्सिपल प्रमाेद मल्लले जानकारी दिएका चाहन ।