स्याङ्जा: बलात्कारीलाई १० वर्ष कैद - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

स्याङ्जा: बलात्कारीलाई १० वर्ष कैद



स्याङ्जा- जिल्ला अदालत स्याङ्जाले किशोरीलाई बलात्कार गर्ने फत्ते भन्ने रहमद अलिमियाँलाई १० वर्ष कैद र ३० हजार जरिमाना गरेको छ ।

एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाँलाई बुधबार १० वर्ष कैद सजायका साथै पीडित किशोरीलाई रु ३० हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको हो ।

न्यायाधीश रमानाथ पौड्यालको इजलासले कैद सजायको फैसला गरेका थिए ।

आरोपित अलिमियाँले विसं २०७४ पुस ८ गते बलात्कार गरेको भनी किशोरीका आफन्तले वैशाख १६ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका थिए । किशोरीको २०७४ चैत १८ गते गण्डकी अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।