बक्तृत्वकलामा सिद्धार्थ मेमोरियलकि अनुशा चौधरी प्रथम - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

बक्तृत्वकलामा सिद्धार्थ मेमोरियलकि अनुशा चौधरी प्रथम



ओम प्रकाश बानियाँ/ बराहक्षेत्र । प्याब्सन अन्तरमावि बक्तृत्वकला छ्नोट प्रतियोगितामा सिद्धार्थ मेमोरियल इङलिस स्कुलकि छात्रा अनुशा राजधामी प्रथम भएकी छिन् ।

उक्त प्रतियोगितामा सनसाइन इङलिस स्कुल, प्रकाशपुरका छात्र अरुण दाहाल दोस्रो, सुनसरी गार्डेन एकाडेमी चक्रघट्टीकि छात्रा समिक्षा पोख्रेल तेस्रो तथा स्काई इङलिस स्कुल नडाहाकि छात्रा उषा कार्की चौथो भएकि हुन् ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिद्यार्थीहरुले यहि जेठ २५ शुक्रबार प्याब्सन जिल्ला समिति सुनसरीको सभाहल इटहरीमा हुने जिल्ला स्तरीय बक्तृत्व कलामा छ्नोट भएका छन।

प्याब्सन ग्रामीण क्षेत्र समन्वय समितिको सहयोग तथा डिभाइन लाइट एकेडेमी कालाबन्जरद्वारा आयोजित उक्त कार्यक्रममा प्याब्सन ग्रामीण क्षेत्र समन्वय समितिका अध्यक्ष मोहन भट्टराईको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका वाड न ४ का वडा अध्यक्ष आशाराम चौधरी बिशेष अतिथि र अतिथिहरुमा मुन बिम एकाडेमीका प्रधानाध्यापक देबेन्द्र बिस्ट, सिद्धार्थ मेमोरियल इङलिस स्कुलका प्रधानाध्यापक कृष्ण तामाङ, स्काई इङलिस स्कुलका प्रधानाध्यापक शरण कुमार लिम्बू लगायतका अतिथिको रूपमा रहेका थिए ।