बाजुराबाट एकीकृत समाजवादीका उम्मेदवार विजयी - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

बाजुराबाट एकीकृत समाजवादीका उम्मेदवार विजयी



धनगढी- बाजुरा प्रदेश निर्वाचन क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुुमार शाही विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले एमाले उम्मेदवार बलदेव रेग्मीलाई २ हजार ३४१ मतले पछाडि पार्दै जित हासिल गरेका हुन् ।

शाहीले १० हजार ९७३ पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सांसदसमेत रहेका एमाले उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए । उक्त क्षेत्र सत्तारुढ गठबन्धन अन्तर्गत माओवादी केन्द्रको भागमा परेको यस क्षेत्रमा केन्द्रले कर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको थियो ।

अर्कोतिर एकीकृत समाजवादीले पनि बाजुराको यो क्षेत्र नछाड्ने भन्दै युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका शाहीलाई उम्मेदवार बनाएपछि दुुबै दलका उम्मेदवार मित्रवत प्रतिस्पर्धामा गएका थिए । कांग्रेसले एकीकृत समाजवादीका उम्मेदवार शाहीलाई समर्थन गरेपछि माओवादी केन्द्रका उम्मेदवार विश्वकर्मा भने निकै पछाडि परेका हुन् । विश्वकर्माले एक हजार ९८ मत पाएका छन् ।

बाजुरामा मतदानको क्रममा दलहरूबीच विवादपछि झडप हुँदा निर्वाचन प्रक्रिया नै रोकिएको थियो । बाजुरामा प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत मतगणना भने जारी रहेको छ ।