बाजुरामा मुचुल्का भन्दा बढी मत भेटिए - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

बाजुरामा मुचुल्का भन्दा बढी मत भेटिए



कैलाली । बाजुराको मतगणना फेरि रोकिएको छ। मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए।

उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो।

यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । अहिले सम्म पाण्डेले १ हजार २६९ मतको अग्रता बनाइरहेका छन् । पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत ल्याएका छन् ।

मङ्सिर ४ गते धाँधली भएको आरोप पछि रोकिएको मत गणना निर्वाचन आयोगको निर्णय पछि हिजो साँझबाट सुरु भएको हो ।