वैशाख ७ गते त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य सम्पूर्ण उडान बन्द - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

वैशाख ७ गते त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य सम्पूर्ण उडान बन्द



काठमाडौँ । आगामी वैशाख ७ गते ६ घण्टाका लागि त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य सम्पूर्ण उडान अवरुद्ध हुने भएको छ ।

विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गर्नु परेकाले सो दिन बिहान १ देखि बिहान ७ बजेसम्म उडान अवरुद्ध हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलले यसबाट प्रभावित हुने यात्रुहरुलाई सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्कमा जान यात्रुहरुलाई अनुरोध समेत गरेको छ ।