५० प्रतिशतले घटे वैदेशिक रोजगारीका उजुरी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

५० प्रतिशतले घटे वैदेशिक रोजगारीका उजुरी




काठमाडौ,
गत आर्थिक वर्षको तुलनामा चालु आवमा वैदेशिक रोजगारीका क्रमका हुने ठगीको उजुरी ५० प्रतिशतले घटेको पाईएको छ ।

गत आर्थिक वर्षको शुरुका ४ महिनाको तुलनामा चालु आवको सोही अवधीमा ठगीमा परी उजुरी गर्ने पीडितको संख्या घटेको हो । वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजानिक गरेको पछिल्लो तथ्यांकमा उजुरीकर्ताको संख्या ३३२ बाट ४६ प्रतिशत घटेर १७७ पुगेको उल्लेख छ । गत वर्षको शुरुका साउन, भदौ, असोज र कार्तिक महिनामा ठगीमा परेको जनाउदै ३३२ उजुरीकर्ताले १७ करोड ५३ लाख ७४ हजार १५० रुपैया दाबी सहित उजुरी दिएको विभागले जनाएको छ । यसैगरी चालु आर्थिक वर्षमा ठगीमा परेको भन्दै १७७ जना युवा भएपनि दाबी रकम भने ३४ करोड ५ लाख २८ हजार ६६ रुपैया सहित दोब्बरले बढेको छ । गत वर्षको तुलनामा उजुरीकर्ता चालु आवमा आधाले घटे पनि दाबी रकममा ९५ प्रतिशतले बृद्धि भएर दोब्बर पुगेको देखिन्छ । सरकारले वैदेशिक रोजगारीको ठगीलाई कडाईका साथ अघि बढाएपछि न्याय पाउने अपेक्षा सहित दाबी रकम बढेको देखिन्छ ।

गत वर्ष उजुरी दिएका ३३२ मध्ये ५९ जनाको दाबी उपर विभागले अदालतमा मुद्धा दायर गरेको छ भने चालु आर्थिक वर्षको कार्तिकसम्म ९८ जनाको उजुरी उपर मुद्धा चलाईएको छ । न्यास सम्पादनको मुल्यांकन गर्दा गत वर्षभन्दा यो वर्ष दोब्बर बढी उजुरी उपर अदालतमा मुद्धा दायर गरिएको छ ।

आर्थिक र पहँुचका हिसाबले ठगीको उजुरी दिन काठमाडौ आउन नसक्ने युवाले जिल्ला प्रशासन कार्यलयमा नै उजुरी दिने गरी कानुनी व्यवस्था गरेपछि ग्रामिण क्षेत्रमा नै न्याय पाउने व्यवस्था गरेको छ । थप आर्थिक भार र पहुचका हिसाबले काठमाडौ आउन नसकेका कारण ५० प्रतिशत भन्दा बढी वैदेशिक रोजगार सम्बन्धी उजुरी दर्ता हुने गरेको पाईदैन ।

वार्षिक रुपमा करोडौ रुपैया ठगी हुने गरेको वैदेशिक रोजगार क्षेत्रमा उजुरी दिन काठमाडौ आउन नसक्दा ठगीएर बस्नु पर्ने बाध्यता अन्त्य गदै सरकारले प्रमुख जिल्ला अधिकारी समक्ष सोभैm उजुरी दिने सक्ने गरी ऐन नै संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गरेर यस सम्बन्धि उजुरी जिल्ला प्रशाषन कार्यलयले हेर्ने व्यवस्था मिलाएपछि केन्द्रसम्म पहुच नभएका पीडितले राहत पाएका छन । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाले संस्थागत वा व्याक्तिगत ठगीका मुद्धालाई प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिन सक्ने कानुनी व्यवस्था गरेको छ ।

“संशोधित वैदेशिक रोजगार ऐन बमोजिम प्रमुख जिल्ला अधिकारी समक्ष परेको उजुरी ईजाजतपत्र प्राप्त संस्था उपर परेकोमा ७ दिन भित्र सो उजुरी विभागमा पठाउनु पर्ने छ,” संशोधित ऐनमा उल्लेख गरिएको छ । उजुरीका लागि सम्बन्धीत कार्यलयसम्म पुग्न नसक्ने पीडितले गुनासोका बिषयालाई हुलाक वा विद्याुतीय माध्यमबाट समेत उजुरी गर्न सक्ने छन ।

विगत ३ वर्षको तथ्यांक हेर्न हो भने वैदेशिक रोजगारीमा जाने व्यक्तिले वैदेशिक राजगारीको सिलसिलामा भएका ठगी तथा अपराधजन्य क्रियाकलापको उजुरीको औषत ३८ प्रतिशत मात्र फस्याट भएको देखिन्छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई तोकिए बमोजिमको सेवा सुविधा प्राप्त नभएको, तोकिएभन्दा बढी शुल्क लिएको उजुरीमा मुद्दा धेरै दायर हुने गरेको विभागले जनाएको छ ।