बहाई धर्मावलम्वीहरुको पश्चिम क्षेत्रको अधिवेशन दाङमा सम्पन्न (फोटो फिचर) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बहाई धर्मावलम्वीहरुको पश्चिम क्षेत्रको अधिवेशन दाङमा सम्पन्न (फोटो फिचर)



दाङ । बहाई धर्मावलम्बीहरुको पश्चिम क्षेत्रीय अधिवेशन दाङको लमही नगरपालिका स्थित वडा नम्बर ४ बड्का घुम्नामा शनिबार सुरु भई हिजो आइतबार सफलतापुर्वक सम्पन्न भएको छ ।

अधिवेशनमा पुर्व दाङ देखि पश्चिम कंचनपुर जिल्ला भित्र पर्ने विभिन्न जिल्ला ,कल्स्टर र गाउँ देखि बहाई स्थानीय आध्यात्मिक सभाका सदस्यहरु तथा पर्यवेक्षकहरु समेत गरि २०० भन्दा बढीको सहभागिता रहेको थियो ।
२ दिनसम्म चलेको अधिवेशनको उद्दघाटन समारोहमा लमही नगरपालिका प्रमुख कुल बहादुर केसी ,उप-प्रमुख देवका बेलबासे, वस्ट्रन बिकास बैंकका प्रबन्धक,जनज्योति आधारभुत विधालयका प्र.अ. गोपिलाल चौधरी , घुम्ना लिटिल स्टारका प्र.अ. प्रकाश चौधरी ,समाजसेवी लालमनि चौधरी लगायत थुप्रै समाजसेवी,समुदायका अगुवा, बुद्धिजीवीहरुको बाक्लो उपस्थिति थियो ।

सहायक मण्डल सदस्य राजेन्द्र ढकालद्वारा स्वागत गरिएको उद्दघाटन समारोह लाई सम्बोधन गर्दै बहाई राष्ट्रिय आध्यात्मिक सभाका सदस्य मीन बहादुर अर्यालले बहाई धर्मको परिचय दिनुभएको थियो भने अधिवेशनको उद्देश्य र प्रक्रियाको बारेमा सहायक मण्डल सदस्य नरेश रानाले बताउनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिका प्रमुख कुल बहादुर केसीले ईश्वर एउटै छन, सम्पुर्ण धर्महरु एउटै ईश्वरबाट आएका हुन र सम्पुर्ण मानवजाती एउटै परिवारका सदस्य हुन भन्ने बहाई सिद्धान्त एकदमै सहि भएको बताउनु भएको थियो। संसारमा दुई शक्ति आध्यात्मिक शक्ति अर्थात पूर्वीय दर्शन र भौतिक शक्ति अर्थात पश्चिमी दर्शनले काम गरिरहेको उल्लेख गर्दै यी दुवै शक्ति बीच सन्तुलन हुनु अतिआवस्यक रहेकोे कुरामा जोड दिनुभयो । हाल भौतिकवाद बढि मौलाई रहेको बताउदै सबैलाई आध्यात्मिक शिक्षाको पनि जरुरी रहेको बताउनुभयो । बहाईहरुले असल र समुन्नत समाजको निर्माणका लागि गरिएको प्रयासहरुहो सराहना गर्दै आफ्नो तर्फबाट सदैव सहयोग रहने पनि बताउनु भयो।

त्यसैगरी उपप्रमुख देवका बेलबासेले पनि बहाई अभियानमा आफ्नो सहयोग रहने बताउनु भन्दै अधिवेशनको पुर्ण सफलताको शुभकामना दिनुभयो । दुवैजनाले बहाई धर्मको बारेमा अझै बुझ्न इच्छुक रहेको बताउनु भएको थियो।

भेलामा शुभकामना दिने क्रममा समाजसेवी लालमनी चौधरी ,शिक्षक तथा बुद्धिजीवी गोपिलाल चौधरी लगायतका सबै बक्ता हरुले आध्यात्मिक शिक्षाकै अभावमा आज बढी अपराधीक क्रियाकलाप बढिरहेको बताउदै सबैले यस तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

सो अधिवेशनले नयाँ कार्यसमिति चुन्ने तर बहाई चुनावमा कोहि पनि उम्मेदवार नहुने ,प्रचारप्रसार गर्न नमिल्ने र २१ बर्ष पुगेका सबै उमेदवार र भोटर सिद्धान्तमा बहाई चुनाव हुने, जसले गर्दा सबैले आफुले इच्छाएको व्यक्तिलाई पुर्ण स्वतन्त्रता र गोपनियतामा चुन्ने अवसर प्राप्त हुन्छ । कुनै पनि किसिमको मिलोमितो ,छलकपट र धनराशिको खर्च हुदैन र यस्ता क्रियाकलाप स्वीकार्य पनि नहुने बहाई धर्मको एकदमै नौलो र सफल पक्ष रहेको आयोजकले जनाएका थिए ।

बहाई धर्ममा कुनैपनी पुरोहित वर्ग नहुने प्रावधान रहेको छ । जहाँ २१ बर्ष पुगेका ९ वा सो भन्दा बढी बहाई अनुयायी हुने त्यहा चुनाव प्रक्रियाद्वारा ९ जना सदस्य हरु १ बर्ष को लागि चुनिन्छन र कार्यसम्पादन गर्दछन ।

यसरी नै बहाईहरुले समुन्नत समुदाय निर्माणका लागि ५ देखि ११ बर्ष का बालबालिकाहरुकोलागी बाल नैतिक कक्षा ,१२ देखि १५ बर्ष का किशोर किशोरी हरुका लागि किशोर किशोरी आध्यात्मिक सशक्तीकरण कार्यक्रम ,युवा तथा प्रौढ सबैका लागि जीवन उपयोगी अध्ययन कक्षा र भक्तिभाव कार्यक्रमहरु सञ्चालन गरिरहेका छन । जसले समुदायमा सबै जातजाती ,धर्म र वर्ग बिच मेलमिलाप ,एकता , शान्ति ,न्याय र वन्धुत्त्वको विकास गर्न मद्दत मिलिरहेको छ । जसको सबैले प्रशंसा गरिरहेको समेत आयोजकहरुले पत्रकारहरुलाई जानकारी गराएका थिए ।