आज पश्चिम बागलुङका बजार बन्द - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आज पश्चिम बागलुङका बजार बन्द



बाग्लुङ : उद्योग बाणिज्य संघ इकाई बुर्तिबाङले सधै जस्तै हरेक महिनाको १ गते र १५ गते गर्ने गरेको बजार बन्दलाई भोली कार्तिक १५ बाट पुन सुचारु गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

संघको सचिवालय बैठकले, यस अघि तिज ,दशै तथा तिहारका अवसरमा खुल्ला गरेको बजार बन्द कार्यक्रमलाई भोली कै मितिबाट तत्काल पुन : कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै व्यवसायीलाई पनि यो कार्यक्रममा इमान्दार पूर्वक सहयोग गरिदिन आग्रह गरेको हो ।

गत भाद्र महिनादेखि नेपालीहरुको पर्व परेसँगै हरेक वर्ष बजार बन्द कार्यक्रमलाई खुल्ला गर्ने समितिको निर्णय अनुसार बजार खुल्ला राखिएको थियो । सबै पर्वहरु सकिएका कारण अव बजार बन्द कार्यलाई सूचारु गर्न संघका अध्यक्ष चिन्तामणी शर्माले आग्रह गर्नुभएको छ ।

पश्चिम बागलुङका खर्वाङ, खार, भिमगीठे, बुर्तिबाङ, देविस्थान, झिवाखोला लगायतका अन्य बजार क्षेत्र बन्दका लागि संघले व्यवसायीकै माग अनुसार बन्द गर्ने कार्यक्रम ल्याएको थियो । उक्त कार्यमा सबै व्यवसायीलाई स्मरण गराई भोली कार्तिक १५ गतेदेखिनै कार्यान्वयन गरिदिन संघले आग्रह गरेको छ ।